आज :

चलचित्र क्षेत्र मानव अधिकारको वकालत गर्ने प्रमुख संयन्त्र बन्न सक्छ:नीर शाह

  • अनलाइन डबली

काठमाडौं । वरिष्ठ चलचित्रकर्मी नीर शाहले चलचित्र क्षेत्रलाई मानव अधिकारको वकालत गर्ने प्रमुख संयन्त्रको रुपमा विकास गर्न सकिने बताएका छन् ।

मानव अधिकार प्रवद्र्धनमा चलचित्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा शाहले चलचित्र क्षेत्रलाई मानव अधिकारको वकालत गर्ने प्रमुख संयन्त्र बनाउँन सक्ने हो भने मानव अधिकार र चलचित्रको इतिहासमा नयाँ सुरुवात हुने बताए । त्यसको लागि गम्भीर भएर काम गर्नुपर्ने उनको भनाइ थियो ।

उनले भने, चलचित्र क्षेत्रलाई मानव अधिकारको वकालत गर्ने प्रमुख संयन्त्रको रुपमा विकास गर्नका लागि के गर्न सक्छौ भन्ने विषयमा ध्यान दिएर काम गर्ने हो भने मानव अधिकार र चलचित्रको इतिहासमा नयाँ सुरुवात हुन्छ ।

चलचित्रकर्मी शाहले सिनेमाले मानव अधिकारको संरक्षणका लागि सोच्न र गर्न सक्ने कामहरुलाई आफ्नो प्राथमिकतामा राख्ने प्रयास गरेको भन्दै यसलाई अझ परिस्कृत गर्दै जानुपर्ने बताए ।

उनले भने, सिनेमाले मानव अधिकारको संरक्षणका लागि सोच्न र गर्न सक्ने कामहरुलाई आफ्नो प्राथमिकतामा राख्नै पर्छ । त्यस्तो प्रयासहरु पनि भएको छ, तर त्यसले समाजमा परिवर्तन भएको छ छैन् त्यो अर्को कुरा हो । हामीले विभेद, कुसंस्कार, महिलाको हक, सबै विषयलाई समेटेर मानव अधिकारलाई बुझाउँने जति पनि चलचित्र बनाएका छौ त्यो जानेर होईन अर्को कथाको विषयमा बनाउँदा आफै त्यो पाटो झल्किएको हो । थोरै मानिसले मात्रै राम्रो काम गरिरहेको देखेको छु, त्यो कामले प्रसाय पनि थोरै नै पाएको छ । ’

उक्त कार्यक्रममा कलाकार सविना गोपालीले पनि चलचित्र र मानव अधिकारलाई सँगसँगै लान सक्ने हो भने चलचित्र समाजको ऐना मात्रै होईन समाज रुपान्तरणको एउटा माध्यम बन्न सक्ने बताईन् ।

उनले भनिन्, हामीले चलचित्र र मानव अधिकारलाई कसरी सँगसँगै लान सक्छौ भन्ने कुरा गर्दै अगाडि बढ्ने हो भने चलचित्र समाजको ऐना मात्रै होईन समाज रुपान्तरणको एउटा माध्यम बन्न सक्छ । चलचित्रलाई हेर्ने दृष्टिकोण पनि परिवर्तन हुन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal