आज :

नेपाल संस्कृत विश्विद्यालय केन्द्रीय कार्यालय र सेवा आयोग तालाबन्दी

  • अनलाइन डबली

 नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डी र सेवा आयोग कार्यालय दाङमा तालबन्दी गरिएको छ । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय पदाधिकारी एवं कर्मचारीहरुले सहमतिका नाममा संस्थाको गरिमालाई आँच पुुग्ने गरी गत साउन ३१ गते गरिएको सहमतिप्रति गम्भिर ध्यानाकर्षण गराउदै अखिल क्रान्तिकारी नेता बिष्णु चौधरी, अखिल क्रान्तिकारी नेपाल संस्कृत विश्वविद्यालय रा।क। प्रमुख सचिव अभय प्रताप चौवे र अखिल क्रान्तिकारी केन्द्रीय आयुुर्वेद विद्यापिठ मुल ईकाइ समितिका गणेश पौडेलले संयुक्त विज्ञप्ती जारी गर्दै तालबन्दी गरेका हुन् ।

नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको कार्यालयले खुल्ला गरेको आवेदनमा कुनै पनि लिखित वा मौखिक परिक्षाफ सार्वजानिक नगरी सेवा आयोगले आफ्नो कुनै पनि अधिकार प्रयोग नगरी लोक सेवा आयोगलाई आफ्नो अधिकार दिई सीमित व्यक्तिको स्वार्थका लागि नेपाल संस्कृत विश्वविद्यालयको गरिमालाई आँच आउने काम गरेकाले तत्काल उक्त काम सच्याउन माग राख्दै तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका नेता बिष्णु चौधरीले विज्ञप्ती उल्लेख गरिएको जानकारी दिए ।
नेपाल संस्कृत विश्वविद्यालय र सेवा आयोगका कर्मचारीहरुले निहित स्वार्थ देखिएकाले तत्काल सेवा आयोगको उक्त कदम सच्याउदै र सेवा आयोगका पदाधिकारी तथा केही कर्मचारीहरुको राजिनामा समेत मागिएको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal