
काठमाडौँ । नेपाल वायुसेवा निगमले काठमाडौबाट साउदी अरेवियाको दमाममा नियमित सिधा उडान गर्ने भएको छ ।निगमले भाद्र २० गते देखि उडान गर्ने भएपछी आइतबार बाट नै टिकट बूकिङ्ग खुल्ला गरेको सुचना मार्फत जानकारी गराएको हो । उडान तालिका अनुसार काठमाडौं – दमाम – काठमाडौं सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिवार उडान गर्ने र बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको छ ।
यात्रुहरुले निगमको कार्यालय वा निगमको वेवसाइट मार्फत वा नजिकको ट्राभल एजेन्सीबाट टिकट लिई सहज रुपमा यात्रा गर्न सक्ने जनाएको छ ।