आज :

श्रीलंकालाई टिम च्याम्पियन उपाधी

  • अनलाइन डबली

काठमाडौं । ब्याडमिन्टन एशियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको सहआयोजनामा ब्याडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ अन्तरगतको यु–१५ र यु–१७ दुवै तर्फ मिक्स टिम इभेन्ट्सको उपाधी श्रीलंकाले जितेको छ ।

सशस्त्र प्रहरी बल नेपालको हलचोकस्थित कभर्डहलमा भएको च्याम्पियनसिपको यु–१५ तर्फको प्रतिस्पर्धामा नेपाललाई ३–० ले पराजित गर्दै उपाधी उचालेको हो । श्रीलंकका सेनुथ सेथमिथा पेरेराले नेपालका सुविन श्रेष्ठलाई २१–१७, २१–१७ को समान अन्तरले पराजित गरे । यस्तै नेथ्मी रत्नायकेले रिहाना शेरचनलाई २१–८, २१–१३ ले पराजित गरे । यसैगरि केनेथ अरुगोडा र सेनुथ सेथमिथा पेरेराको जोडीले सौर्य महर्जन र सुविन श्रेष्ठको जोडीलाई २१–११, २१–१७ ले पराजित गर्दै उपाधीमा श्रीलंकको नाम लेखाउन सफल भए । तेश्रो स्थानमा बंगलादेश र भुटान रहे ।

यस्तै यु–१७ तर्फ पनि श्रीलंकाले बंगलादेशलाई ३–२ सेटले पराजित गर्दै उपाधी उचालेको हो । पहिलो सेट बंगालादेशका एस.एस.एम. सिफात उल्लाहले श्रीलंकाका थिदासा वेरागोडालाई २१–९, १३–२१, २१–१८ ले पराजित गर्दै खेललाई १–० को अवस्थामा पु¥याए । दोश्रो खेलमा श्रीलंकाका रनिथ्मा लियानागेले बंगलादेशका सिन्थिया खानोम प्रियोन्तीलाई २१–२, २१–४ ले पराजित गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । तेश्रो खेलमा पुनः राजोन मिया र एस.एस.एम. सिफात उल्लाहको जोडीले श्रीलंकका हिरुका अलुथ पतबेन्दिगे र थिदासा वेरागोडाको जोडीलाई २१–१३, २१–१४ ले पराजित गर्दै खेललाई २–१ को अवस्थामा पु¥यायो ।

चौथो खेलमा श्रीलंकाका रनुमी मनागे र रनिथ्मा लियानागेको जोडीले बंगलादेशका मथेना मधुरजो विश्वास र सिन्थीया कानोम प्रियान्तीको जोडीबाट वाक ओभर प्राप्त गरे पश्चात खेल २–२ को बरावरीमा पुग्यो । अन्तिम तथा निर्णाकक खेलमा श्रीलंकाका थिदासा वेरागोडा र रनिथ्मा लियानागेको जोडीले बंगालादेशका एस.एस.एम. सिफात उल्लाह र सिन्थी खानोम प्रियोन्तीको जोडीलाई २१–११, २३–२५, २१–१० ले पराजित गर्दै खेललाई ३–२ ले आफ्नो पक्षमा पार्दै श्रीलंकालाई उपाधी विजेता बनाए । तेश्रो स्थानमा भुटान र नेपाल रहे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal