आज :

एमालेले संसदलाई अनिर्णयको बन्दी बनायो: सांसद खतिवडा

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले नेकपा एमालेले संसद अनिर्णयको बन्दी बनाएको आरोप लगाएका छन् ।

आईतबार प्रतिनिधिसभाको बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दे उनले संसद खुलाएर शुल्य समयसम्म जान आग्रह गर्दा समेत एमालेले नमानेको उनको आरोप छ ।

उनले भने,‘ आज संसद खुलाएर शुल्य समय सम्म जाउँ भन्दा पनि उहाँहरु मान्नुभएन । सँधै अनिर्णयको बन्दी बनाएर जनतामा के भनेर जानुहुन्छ । उहाँहरुलाई पनि जिम्मेवारी दिएको छ ।’ कानूनले विश्वास गरेका संयन्त्रलाई अविश्वास गरेर समस्या समाधान हुन्छ ? एमालेलाई  उनको प्रश्न छ ।

उनले भने, ‘कानूनले विश्वास गरेका संयन्त्रलाई चाँहि अविश्वास गर्ने अनि अरुलाई गाली गरेर समस्या समाधान हुन्छ ?त्यसैले नेकपा एमालेलाई आग्रह गर्न चाहान्छु। तपाईहरु केहि नभनी हामीसँग यहाँ आएर संसद चल्न दिनुस् ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal