आज :

नेपालगंज उद्योग वाणिज्य संघको चुनाव आज, टंक धामीको घोषणा – पहिलो बैठक भन्सार कार्यालयमा 

  • अनलाइन डबली

बाँके । नेपालगन्ज उद्योग बाणिज्य संघको चुनाव आज हुँदैछ । समाबेशी प्यानल उद्योगी व्यवसायीको तर्फबाट अध्यक्ष पदमा टंकबहादुर धामीले मतदातालाई एक अपील गर्दै आफूलाई मत दनि आग्रह गरेका छन् ।

अध्यक्ष पदका उम्मेदवार धामीको नेतृत्वमा समावेशी प्यालनले ‘समुन्नत अर्थतन्त्र, सम्वृद्धी उद्योगी व्यवसायी अन्तुष्ट उपभोक्ता आजको आवश्यकता’ नारा दिएको छ ।

धामीले आफूले जितेपछि संघको पहिलो बैठक भन्सारमा गर्न घोषणा समेत गरेका छन् । उनले नेपालको भन्सार व्यवस्थित हुन नसक्दा राजस्व चुहावट भइरहेको बताउँदै त्यसको प्रत्यक्ष असर सरकार, ‍व्यवसायी र उपभोक्तालाई परेको बताए ।

आफ्नो टीमले जिते भन्सार, राजस्व र उपभोक्ता तीनवटा विषयमा केन्द्रमा राखेर कार्यकालभरी काम गर्ने प्रतिवद्धता समेत गरे ।

अध्यक्ष पदका उम्मेदवार धामीले आफ्नो टीम सबै व्यवसायीका घरघरमा पुग्न नसकेको भन्दै आफूहरुको उद्देश्य व्यवसायीका हित र उपभोक्ताको सन्तुष्टी नै भएको बताउँदै भोट हाल्न अपील गरेका छन् ।

अध्यक्ष पदका उम्मेदवार अधामीले आफ्नो समूहले मुख्यगरी तीनवटा एजेण्डा उठाएको बताए ।

यी हुन् तीन एजेण्डा

१ भन्सारः नेपालमा भन्सार व्यवस्थित नभएकै कारण राजस्व संकलनमा समस्या देखा परेका छन् । भन्सारलाई व्यवस्थित गराउन पहिलो बैठक भन्सारमा गर्ने । भन्सारमा भइरहेका समस्या समाधान नभएसम्म भन्सारमै टेन्ट लगाएर बस्ने ।

भन्सार सुरक्षाको लागि भारतीय सुरक्षकर्मी र कर्मचारीले जसरी खटिएका हुन्छन्, त्यसको तुलनामा नेपालतिर फितलो छ । भारतीय एसएसबीले गरेअनुसार नेपालीतिर पनि कडाई गर्नुपर्छ । नेपालगंज २७ जिल्लाको भन्सार गेटवे भएको बताउँदै धामीले व्यवस्थति गर्नुपर्नेमा पहिलो एजेण्डा बनाएका छन् ।

२. राजस्वः अन्डरटेबुल राजस्व नहटाउने हो भने सरकार अझै संकटमा पर्ने र राजस्व वृद्धि नहुने देखिन्छ । राज्य बलियो बनाउन राजस्व संकलनमा देखा परेका त्रृटिहरु हटाउनुपर्छ । अन्डरटेबुल लेनदेनकै कारण राजस्व कम संकलन हुन थालेको बताए । यसले राज्य र व्यवसायी दुबै मारमा परेका छन् ।

३. उपभोक्ताः धामीको तेस्रो र महत्वपूर्ण एजेण्डा भनेको उपभोक्ताको सरोकार भएको बताउँछन् । पैसा कमाउनैको लागि उपभोक्तालाई असन्तुष्ट वा मारमा पार्नु नहुने कुरामा धामी जोड दिन्छन् ।

केही सस्तोमा पाइन्छ भन्दै उपभोक्ता सीमा पारी जाने गरेका छन् । यसमा अलि जनचेतनाको कमीकै कारण सस्तोमा पाइन्छ भन्दै सीमा पारी जाने गरेको धामीले बताए । सीमा पारी जाने भाडा र समयको मूल्यमा जोड्ने हो भने नेपालमा भन्दा महंगो पर्न जाने समेत धामीले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal