आज :

झापामा खैरो हेरोइनसहित दुई जना पक्राउ

  • अनलाइन डबली

राजकुमार ओली, नेपाल न्यूज बैंक

झापा । झापाको झापा गाउँपालिका–१ सालमारामा प्रहरीले १५० ग्राम १४० मिलिग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा मंगलबार उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनालाई शङ्का लागेर जाँच गर्ने क्रममा उनीहरूको साथबाट लागू औषध बरामद भएको हो ।

पक्राउ पर्नेमा झापा गाउँपालिका–१ सालमारा निवासी ३६ वर्षीय नसिम अख्तर मियाँ र सोही स्थानका ३० वर्षीय सलमान मियाँ रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ प्लास्टिकसहित १६६ ग्राम ३४० मिलिग्राम र प्लास्टिकबाहेक १५० ग्राम १४० मिलिग्राम बरामद गरेको जनाएको छ । उक्त पदार्थ लुकाउन प्रयोग गरिएको प्लास्टिकको प्याकेटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जना, बरामद लागू औषध र मोटरसाइकललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal