आज :

सशस्त्र प्रहरीका १२ एसपीको बढुवा सिफारिस

  • अनलाइन डबली

काठमाडौं। सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेका र नयाँ संगठन तथा ब्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८० स्वीकृत भई थप भएका गरी १२ वरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ। स

शस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको अध्यक्षतामा बिहिबार बसेको बढुवा समितिको बैठकले सशस्त्र प्रहरीका उपरीक्षक (एसपी)हरुलाई सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुवा सिफारिस गरेको हो।

बढुवा सिफारिस हुनेमा राजेश उप्रेती, गंगाराम श्रेष्ठ, रविन राज कर्णजीत, भरत खनिया, नेत्रबहादुर कार्की, रमेशकुमार पाण्डे, विकाश घिमिरे, तिर्थराज पौडेल, जहरसिंह बुढामगर, नरेन्द्र बम, सूर्यबहादुर सेन ओली र तेजप्रसाद पोखरेल हुनुहुन्छ।

सिफारिसमा चित्त नबुझ्ने सशस्त्र प्रहरी उपरीक्षकहरुले नियमावलीको नियम ३८ को उपनियम (३) बमोजिम सातदिन भित्र उजुरी दिनसक्ने बढुवा समितिका सदस्यसचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले जानकारी दिनुभएको छ।

बढुवा समितिले कार्यसम्पादन मूल्याङ्कन, कमाण्ड तथा स्टाफ कोर्ष, जेष्ठता र व्यवसायिक क्षमता समेतलाई आधार मानेर सिफारिस गरेको बुझिएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal