आज :

एएफसी कपः मच्छिन्द्र फुटबल क्लब छनोट चरणमबाट आउट

  • अनलाइन डबली

काठमाडौं । नेपालको मच्छिन्द्र फुटबल क्लब एएफसी कप छनोट चरणबाट बाहिरिएको छ । भारतको कोलकाताको साल्ट लेक रङ्गशालामा भारतको मोहन बगान सुपर जायन्टसँग भएको खेलमा नेपाली टोली पराजित भएको हो ।

खेलमा मच्छिन्द्र क्लब मोहन बगानसँग ३–१ गोलले पराजित थियो । यो हारसँगै मच्छिन्द्र क्लब एएफसी कप छनोट चरणबाटै बाहिरिन बाध्य भएको छ । मोहन बगानका अनवर अलीले २ तथा जेसन कमिङ्ग्सले १ गोल गरे । मच्छिन्द्रका लागि मेसुके ओलोमोउले एक गोल गरे ।

मच्छिन्द्रले पहिलो चरणमा भुटानको पारो एफसीलाई ३–२ गोलले हराउँदै दोस्रो चरणमा पुगेको थियो । ‘ए’ डिभिजन लिग फुटबलको च्याम्पियन चर्च ब्वाइजसँग क्लब लाइसेन्स नभएकै कारण उपविजेता मच्छिन्द्रले मौका पाएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal