आज :

एनआरएनए कोरियाका निवर्तमान अध्यक्ष पुन नेपालमा रंगहात पक्राउ

  • अनलाइन डबली

काठमाडौँ । गैरआवसीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका निवर्तमान अध्यक्ष दिपक पुनलाई प्रहरीले रंगहात पक्राउ गरेको छ । कोरियाबाट नेपाल आएका पुनलाई प्रहरीले गंगबु क्षेत्रबाट पक्राउ गरेको हो ।

बागलुङ घर भएका पुन कोरियाबाट दुई दिन पहिले नेपाल आएर गंगबु क्षेत्रमा एक महिलासँग अवैध क्रियाकलाम गरिरहेको बेला प्रहरीले पक्राउ गरेको हो । श्रीमति र छोरीको सहयोगमा प्रहरीले रंगेहात पक्राउ गरेको बताइएको छ ।

पुनले श्रीमतिसँग सम्बन्ध विच्छेद गरिसकेको बताउँदै आएका थिए । तर, सम्बन्ध विच्छेद नगरेको बताइन्छ । पुन नेपाल आएर परस्त्रीसँग अवैध क्रियाकलाप गरिरहेको जानकारी पाएपछि श्रीमतिले प्रहरीलाई खबर गरेकी थिइन् । पुन अहिले प्रहरीकै नियन्त्रणमा छन् ।

तर प्रहरीले घरायसी विवाद भएको बताएको छ । दुबै पक्षबीच छलफल भइरहेको प्रहरीले बताएको छ ।

लामो समयदेखि कोरियामा बस्दै आएका पुन नाङ्लो ग्रुपका नामबाट ट्राभल, मार्ट, मनिट्रन्सफरलगायतका व्यवसाय गर्दै आएका छन् । पुनको मुख्य काम भनेको हुण्डि कारोबार रहेको बताइन्छ ।

एनआरएनएको हालै सम्पन्न ९ औं महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal