काठमाडौँ। पाकिस्तानको ७६ औ स्वतन्त्रता दिवसको वार्षिकोत्सवको अवसरमा काठमाडौँस्थित पाकिस्तानी राजदुतावासले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।
राजदूतावासमा सोमबार एक कार्यक्रमकाबीच कार्यवाहक राजदुत उमैर अलीले राष्ट्रिय झण्डा फहराउनु भयो । कार्यक्रममा दूतावासका अधिकारीहरू तथा पाकिस्तानी राजदुतावाससंग आवद्द रहेका समुदायको सहभागिता थियो ।
उक्त अवसरमा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पढेर सुनाइएको थियो ।
सो अवसरमा बोल्दै कार्यवाहक राजदुत उमैर अलीले सन् १९४० मा मुस्लिमहरूको लागि छुट्टै मातृभूमि बनाउने संकल्प र इतिहासलाइ सम्झन्दै पाकिस्तानलाई आफ्नो पुर्खाले परिकल्पना गरेको मातृभूमि बनाउने प्रतिबद्धता जनाउनु भयो।