आज :

महिला विश्वकप : सेमिफाइनल पुगेका चार टिम को कस्ता ?

  • अनलाइन डबली

काठमाडौं । महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण अन्र्तगत आज देखि सेमिफाइनलका खेलहरू हुने भएका छन् । आज स्पेन र स्वीडेनबीच खेल हुँदैछ भोलि दोस्रो सेमिफाइनल इंग्ल्यान्ड र अस्ट्रेलियाबीच हुनेछ । १९ अगस्टमा तेस्रो स्थानको लागि तथा २० अगस्टमा फाइनल हुनेछ । सेमिफाइनलमा पुगेका चार टिम को कस्ता छन् ?

स्वीडेनको अहिलेको टिमलाई महिला फुटबल इतिहासमै यो देशको स्वर्णिम पुस्ताका खेलाडी भन्ने गरिन्छ । तर स्वीडेनले अहिलेसम्म अन्तर्राष्ट्रिय स्तरमा जितेर त्यसलाई प्रमाणित गर्न सकेको छैन । दुई वर्षअगाडि टोकियोमा भएको ओलम्पिक्समा स्वीडेन स्वर्ण पदकको नजिक पुगेको थियो  तर फाइनलमा क्यानडासँग पराजित भयो । विश्वकपकमा भने २००३ मा उपविजेता बन्नु स्वीडेनको ठूलो उपलब्धी हो र तीन पटक तेस्रो स्थानमा विश्वकप सकाएको छ ।

त्यस्तै,२०१९ को उपविजेता नेदरल्याण्ड्सलाई क्वाटरफाइनलमाको अतिरिक्त समयमा २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनल पुग्ने पहिलो टिम हो । विश्व वरियतामा सातौं स्थानमा रहेको स्पेन यसअघि क्वाटरफाइनलबाट अघि बढ्न सकेको थिएन । त्यसमा पनि स्पेन र स्वीडेन अहिलेसम्म विश्वकपमा भेट भएको थिएन । स्पेन सुरुको ६ विश्वकपमा छनोट नै भएको थिएन ।

अस्ट्रेलिया मटिलडासको उपनामबाट चिनिने अस्ट्रेलियाको सेमिफाइनल यात्रा निकै तनावपूर्ण रह्यो । ब्रिसवनमा सोल्ड आउट क्राउडको अगाडि अस्ट्रेलियाले फ्रान्सलाई सडनडेथमा हरायो । खेलको विजेता निर्णय हुन २० पेनाल्टी प्रहार गर्नुपरेको थियो र यो महिला विश्वकप इतिहासमै सबैभन्दा लामो रह्यो । अस्ट्रेलिया गोलकिपर माकेन्जी आर्नोल्डका लागि सुटआउट उतारचढावपूर्ण रह्यो । फिफा वरियतामा १२औं स्थानमा रहेको अस्ट्रेलिया सेमिफाइनल खेल्ने मध्ये सबैभन्दा तल्लो वरियताको टिम हो ।

गत वर्ष युरोपियन च्याम्पियनसिपको उपाधि जितेको इंग्ल्यान्ड विश्वकप उपाधि थप्ने योजनामा छ । प्रशिक्षक सरिना विघमनलाई राम्रोसँग थाहा छ कि टिमले सेमिफाइनलमा घरेलु टोली अस्ट्रेलियासँग खेल्दैछ । अन्तिम १६ को खेलमा रातो कार्ड पाएकी इंग्लिस स्टार लाउरेन जेम्सले दुई खेलको निलम्बनका कारण अस्ट्रेलिया विरुद्धको खेल पनि गुमाउनेछिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal