आज :

मुगुमा बलेरो दुर्घटनाः हुम्लाका चार यात्रुको मृत्यु एक जना घाइते,मृतक र घाइतेको विवरण

  • अनलाइन डबली

सिमकोट मुगु जिल्लाको शोरु गाउँपालिकामा दुर्घटना हुनेमा चारैजना हुम्लाका परेका छन् ।

आज साँझ भएको बलेरो जिप दुर्घटनामा मृत्यु हुनेमा चार जना हुम्लाकै भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक महेश वस्नेतले जानकारी दिनुभयो ।

ुचालक सहित ९ जना सवार उक्त जिप दुर्घटनामा मृत्यु हुने चारै जना हुम्लाका भएको सनाखत भएको छ, प्रनाउ बस्नेतले नेपालवोटसँग भन्नुभयो मृतकमा सर्केगाड २ रिपका राम परियार, सिमकोटका प्रकाश बोहरा, ठेगाना स्पष्ट नभएका अर्का राम परियार पिउस परियार भएको शोरु प्रहरी चौकीले सनाखत गरेको छ ।’

जिपमा सवार हुम्लाका पाँच जनामध्ये चार जनाको घटना स्थलमै ज्यान गएको छ भने एक जना सख्त घाइते भएको प्रहरी नायव उपरिक्षक बस्नेतले जानकारी दिनुभयो । ुहुम्लाका घाइते यात्रु उजिर बोहरा र अन्य मुगुका घाइतेलाई अहिले मुगु सदरमुकाम गमगढी ल्याइदैं छ । थप ठेगाना र जानकारी घाइते बोहरा सहितको टोली ल्याएपछि एकिन हुनेछु प्रनाउ बस्नेतले थप्नुभयो ।

दुर्घटनामा परि चालक सहित मुगुका दुई यात्रु र हुम्लाका बोहरा सख्त घाइते भएका छन् । घाइते सबैको अवस्था चिन्ताजनक भएकाले थप उपचारका लागि मुगु जिल्ला बाहिर लिनु पर्ने अवस्था रहेको शोरुकोट प्रहरी चौकीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

सोरुकोट बाट मुगु जादै गरेको ग १ ज ७७,६२ नम्बरको जिप सिपको पहिरा भन्ने ठाउमा दुर्घटना भएको छ । जिल्ला सदरमुख काम तर्फ जादै गरेको उतm जिपमा चालक सहित ९ जना यात्रु रहेका थिए । पिज दुर्घटनाको कारणका बारेमा अहिलेसम्म केही खुलेको छैन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal