आज :

निर्माण व्यवसायीले उठाएको मागको सम्बोधन गर्न प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा नेपाल निर्माण व्यवसायी महासंघका तर्फबाट उठाइएको मागको सम्बोधन गर्न निर्देशन दिएका छन् ।

सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफल पछि प्रधानमन्त्री दाहालले आवश्यक मागको सम्बोधन गर्न निर्देशन दिएका छन् । उनले सम्पन्न कामको भुक्तानी, मूल्य अभिवृद्धि कर लगायतका विषयमा अर्थ मन्त्रालय र सम्बद्ध विषयगत मन्त्रालयहरूले आपसी समन्वयमा माग सम्बोधन गर्ने र निर्माण व्यवसायीहरूले उठाएका सार्वजनिक खरिद सम्बन्धी कानून संशोधन लगायतका अन्य मागहरूको सम्बन्धमा सम्बोधन गर्न निर्देशन दिएका हुन् ।

उक्त निर्देशन बमोजिम सरोकारवालाहरूसँग आवश्यक छलफल परामर्श र समन्वय गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा. दामोदर रेग्मीको संयोजकत्वमा विभिन्न विषयगत मन्त्रालयका सहसचिवहरू सदस्य रहने गरी ६ सदस्यीय कार्यदल गठन पनि भएको छ ।

उक्त छलफलमा विषयगत मन्त्रालयका मन्त्री, सचिवसहित सरोकार निकायको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal