आज :

पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा काकर नियुक्त

  • अनलाइन डबली

काठमाडौं । पाकिस्तानका कार्यवाहक प्रधानमन्त्रीमा अनवर–उल–हक काकर नियुक्त भएका छन् । राष्ट्रपति आरिफ अल्वीले काकरलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका हुन् । पाकिस्तानको संविधानको धारा २२४ (१ ए) बमोजिम काकरलाई नियुक्त भएका गरिएको हो ।

प्रधानमन्त्री शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषदले संसद विघटनको निर्णय गरेपछि विपक्षी दलसमेतको सहमतिमा अनवर कार्यवाहक प्रधानमन्त्री बनेका छन् ।

कार्यवाहक प्रधानमन्त्री चयनको विषयमा निःवर्तमान प्रधानमन्त्री शहबाज शरिफ र विपक्षी दलका नेता राजा रियाजबीच शनिवार छलफल भएको थियो । सोही छलफलपछि अनवरको नाममा सहमति जुटेको हो ।

ककर मार्च २०१८ देखि पाकिस्तानको सिनेटको सदस्य छन् । उनी सन् २०१८ को पाकिस्तानी सिनेटको चुनावमा दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट स्वतन्त्र उम्मेदवारको रूपमा पाकिस्तानको संसदमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal