आज :

नेपाल हुँदै टनका टन सुन भारत गइरहेको छ : डाक्टर कोइराला

  • अनलाइन डबली

 

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाले, नेपाल हुँदै टनका टन सुन भारत गइरहेको आशंका गरेका छन् । शनिबार नेपाली कांग्रेस भक्तपुरद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाली बाटो हुँदै, ४ देखि ५ सय टन सुन भारत गइरहेको आशंका गरे ।

‘भारतमा १३ सय देखि १४ सय टन सुन खपत हुने रहेछ त्यसमा भारतले ८ देखि ९ सय टन इम्पोर्ट गर्छ । मैले क्विन्टल र किलोको कुरा गरेको छैन् । ’ उनले भने ‘४ सय देखि ५ सय टन सुन अवैध रुपमा भारत गईरहेको छ । नेपालबाटै गएको होला । यो ७ दिनमा कति गयो होला अन्दाज गर्न सक्नुहुन्छ । अहिले  पनि गईहरेको छ हामीलाई सूचना मात्र नभएको हो ।’

त्यस्तै प्रधानमन्त्री कार्यालय मातहतमा राजस्व अनुसन्धान विभाग र सम्पति शुद्धिकरण विभाग ल्याउनु दुर्भाग्य भएको बताए । उनले भने ‘ओलीजी प्रधानमन्त्री हुँदा खेरी नेपाली कांग्रेसका सभापतिले वक्तव्य नै निकालेका थियौं । राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण विभाग प्रधानमन्त्री कार्यालय अन्र्तगत राख्नु हुन्दैन जुन पहिले जहाँथ्यो त्यही हुनु पठाउनु पर्छ भनेर हामीले सदनमा आवाज पनि उठायौं । ओली जिले सुन्नु भएन् । तर दुर्भाग्य हाम्रो शेरबहादुरजी  प्रधानमन्त्री हुनु भयो उहाँले पनि सुन्नु भएन् । आफ्नै मातहतमा राख्नु भयो । र अहिले प्रचण्डजीले पनि हामी बोलिरहेका छौं उहाँले पनि  आफ्नै मातहतमा राख्नु भयो ।’

सुन प्रकरण सुरु हुने साथै सिआइबीलाई अनसन्धानका लागि दिन आफूहरुले आग्रह गरेको उनको भनाई छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal