आज :

एनआरएनएको विशेष अधिवेशन स्थगित, प्रधानमन्त्रीको उपस्थितिमा भएको समहमति कार्यान्वयन भएन

  • अनलाइन डबली

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष अधिवेशन स्थगित भएको छ । प्रधानमन्त्री प्रचण्डको उपस्थितमा भएको एकतासम्बन्धी सहमति कार्यान्वयन नभएको भन्दै संघकी महासचिव जानुका गुरुङले विज्ञप्ति जारी गरेर विशेष अधिवेशन स्थगित भएको बताएकी छन् ।

संघको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन एकताको महाधिवेशन गर्नेगरी दुबै पक्षबीच प्रधानमन्त्रीको उपस्थितिमा सहमति भएको थियो । तर, राष्ट्रिय समन्वय परिषद्को महाधिवेशनमा बद्री केसी समूहले सहमति कार्यान्वयन नगरेपछि एकता भाडिन पुगेको छ ।

“सम्माननीय प्रधानमन्त्रीज्यूको उपस्थितिमा गरिएको सहमति राष्ट्रिय समन्वय परिषद्हरुको महाधिवेशनमा कार्यान्वय भएन । धेरै राष्ट्रिय समन्वय परिषद्हरुमा हाम्रा सदस्यहरुलाई एमआईएस प्रणालीमा आवद्ध हुन दिइएन । समय एवं नियमावलीको बहानामा उक्त प्रणालीमा आवद्ध हुन नपाउँदा उम्मेदवारी दिने र मतदान गर्ने प्रक्रियाबाट पूर्णरुपमा योजनावद्धरुपमा अलग्याउन खोजिएको साथीहरुले महशुस गर्नुभएको छ” महासचिव गुरुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

केसी समूहको यस्ता व्यवहारले संघको एकताको ढोका बन्द हुन पुगेको समेत गुरुङले बताएकी छन् । यस्तो अवस्थामा अगष्ट १२ अर्थात आज हुने भनिएको विशेष साधारणसभामा एनसीसीका प्रतिनिधि विना आफूहरु सहभागी हुन नसक्ने विज्ञप्तिमा भनिएको छ ।

केसी समूहले योजनावद्ध रुपमा अर्को पक्षका सदस्यहरुलाई सहभागी हुन रोकेपछि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको १६ औं बैठकले विशेष साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो ।

महासचिव गुरुङले एनसीसीहरुको एकीकरण, अन्तर्राष्ट्रिय महाधिवेशनको स्वरुपलगायतका विषयमा केसी समूहले स्पष्ट धारणा नआएकोले एकीकरणको ढोका बन्द भएको बताएकी छन् ।

“यतिमात्र होइन हामीसँग रहेका, बनेका, राष्ट्रिय महाधिवेशन भएका र हुने तयारीमा रहेका देशका एनसीसीहरुको एकीकरण, अन्तर्राष्ट्रिय महाधिवेशनको स्वरुपलगायतका विषयमा स्पष्ट धारणा नआएको कारण एकीकरणको ढोका बन्द भएको छ । समय गुज्रीसक्यो तर यस विषयमा स्पष्ट धारणा आउने कुनै सम्भावना पनि देखिएन र केवल हामीलाई समय लम्ब्याएर राष्ट्रिय समन्वय परिषद्हरुमा जस्तै अन्तर्राष्ट्रिय समन्वय परिषद्मा पनि अक्टोबरसम्म लगेर भुलाउने योजना देखिएकोले त्यसतर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदछौं” विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal