काठमाडौं । बुद्ध एयरलाइन्सको नयाँ एटिआर विमान आइपुगेको छ । यो बुद्धको १६ औं एटिआर विमान हो । बुद्धले एनएएनडब्लु कल साइन भएको एटिआर ७२ विमान नेपाल भित्र्याएको हो ।
‘हामीलाई यो कुरा सार्वजनिक गर्न पाउँदा खुसी लागेको छ कि हामीले कल साईन ९ एन एएनडब्लुसहितको १६ औं एटिआर ७२ एयरक्रयाफ्ट अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छौं’ बुद्ध एयरले भनेको छ ।
योसँगै एटिआर ७२-५०० एयरक्र्याफ्ट विमानको संख्या १३ पुगेको छ । त्यस्तै एटिआर ४२ —३०० ३ वटासहित अब बुद्धसँग जम्मा विमानको संख्या १६ पुगेको बुद्ध एयरका संचार अधिकृत दिनेश कर्णले जानकारी दिए ।