
काठमाडौँ । विहीबार सिआईबीले पक्राउ गरेको सांसद सुनील शर्मालाई थुनामा नराखी अनुन्धान गर्न आदालतले आदेश दिएको छ । प्रहरीले म्याद थपको लागि काठमाडौं जिल्ला अदालतमा उपस्थिति गराएको थियो । तर, अदालतले म्याद गर्न मानेन् । योसँगै सांसद शर्मा छुटेका छन् ।
जिल्ला अदालतका न्यायाधीश दण्डपाणि शर्माको एकल इजलासले शर्मालाई थुनामुक्त गरेर अनुसन्धान गर्न आदेश दिएका हुन् ।
नेपाली काँग्रेसका सांसद शर्मा नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा शुक्रबार बिहान काठमाडौंको गोल्फुटाबाट पक्राउ परेका थिए । शर्माको पक्राउलाई लिएर नेपाली कांग्रेसका सांसदहरूले सरकारमाथि कडा आलोचना गरेका थिए ।