काठमाडौँ । इक्वेडरमा राष्ट्रपति चुनावका एक उम्मेदवारको गोली हानी हत्या भएको छ ।
बीबीसीका अनुसार देशको उत्तरी सहर क्विटोमा बुधवार आयोजित एक कार्यक्रममा राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सिओमाथि आक्रमण भएको थियो ।
चुनावी प्रचारको क्रममा कारमा चढ्ने क्रममा ५९ वर्षीय भिल्लाभिसेन्सिओमाथि तीन राउण्ड गोली प्रहार भएको थियो । अपरचित व्यक्तिले फर्नान्डोको टाउकोमा गोली हानेका थिए ।
आगामी अगस्ट २० मा राष्ट्रपति पदका लागि पहिलो चरण को निर्वाचन हुँदैछ।