आज :

पाकिस्तानको संसद भंग, तीन दिनभित्र नयाँ प्रधानमन्त्री नियुक्तीको तयारी

  • अनलाइन डबली

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको सरकारले संसद भंग गरेको छ । संसदको कार्यकाल तीन दिन मात्र बाँकी रहेका बेला बुधबार रातिको मन्त्रिपरिषदले राष्ट्रपति आरिफ अल्वीलाई संसद भंगको सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार मध्यरातमै संसद भंग गरिदिएका छन् । सरकारी सञ्चार माध्यम प्रेस अफ पाकिस्तानका अनुसार पाकिस्तानको संसदको कार्यकाल १२ अगस्ट सम्म रहेको थियो । संसद भंगसँगै मन्त्रिपरिषद पनि विघटन भएको छ ।

तीन दिनभित्रै नयाँ कार्यबाहक प्रधानमन्त्री चयन तयारी भएको छ । विपक्षी दलका नेता राजा रियाज र प्रधानमन्त्री शहबाज शरीफबीचको सहमतिमा नयाँ प्रधनमन्त्री तोकिने बीबीसीले जनाएको छ । पाकिस्तानमा ९० दिनभित्रमा आम निर्वाचन हुनेछ ।

राजनीतिक नेतृत्व भन्दा त्यहाँ सेना सरकार सञ्चालनमा सेना हावी हुँदै आएको छ । भ्रष्टाचार मुद्दामा तीन वर्षको जेल सजायँ तोकिएपछि पूर्वप्रधानमन्त्री इमरान खानलाई बुधबार मात्र पाँच वर्षका लागि सार्वजनिक पद धारणा गर्न प्रतिबन्ध लगाइएको छ ।

भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय घोषणा भएको उनको सांसद पद पनि त्यहाँको निर्वाचन आयोगले खारेज गरिदिएको छ । त्यससँगै उनको राजनीतिक भविष्य अन्योलमा रहेका बेला संसद पनि भंग भएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal