आज :

कर्नालीको मर्म पुस्तकको परिचर्चा ‘इतिहास¸ विकास र भविश्यको खोजी’

  • नरिवान ऐडी

ललितपुर ।  विभिन्न समालोचकहरुले डा. दीपेन्द्र रोकायाद्धारा लिखित ×कर्नालीको मर्म” पुस्तकले कर्नालीको इतिहास¸ विकास र भविश्यको खोजी गरेको बताएका छन्। उनीहरुले नेपाल विकास अनुसन्धान प्रतिस्ठानको कार्यालयमा आयोजित कार्यक्रममा उक्त विचार व्यक्त गरेका हुन्।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा. नवराज खतिवडाले कर्नालीको मर्मको सात वटै अध्यायले फरक फरक सन्देश प्रवाह गरेको बताउँदै त्यसमा कर्नालीबाट अहिलेसम्म बाहिर नआएका तथ्यहरुको चर्चा गर्नुभयो।

डा. रोकायाको लेखनले कर्नाली सम्भावनाको क्षेत्र हो भन्ने देखाउँछ” भन्दै अध्यक्ष खतिवडाले  भन्नुभयो¸ ×कर्नालीको विम्ब नफेरिनुको कारण के हो र हाम्रो नेतृत्व कहाँनेर चुक्यो भन्ने कुरा खोज्ने बेला आएको छ।”

जुम्लाका लेखिका डा. राधिका बुढथापा खत्रीले कर्नालीको मर्मले सिंगो कर्नालीको आवाज प्रस्फुटन गरेको बताउनुभयो।उहाँको दावी छ¸ ×यो सम्पूर्ण कर्नालीवाशीको आवाज हो।” उहाँले नेपाल विस्तार यता कर्नाली र काठमाडौको बुझार्इमा एकरुपता आउन नसकेको पनि बताउनुभयो।

कान्तिपुरका स्तम्भकार राजेन्द्र महर्जनले कर्नालीको मर्मबाट कर्नालीलार्इ केन्द्र बनाउन खोजेको बताउनुभयो। केही कुरा नयाँ आएको र प्रस्तुत तथ्य र तर्कले नयाँ खोज गराउन लगाएको बताउँदै “लेखकले समाजशास्त्रीय भूमिका पनि पुरा गर्नुपर्ने देखिएको छ” उहाँले भन्नुभयो।

पुस्तकका लेखक डा. दीपेन्द्र रोकायाले कर्नालीलार्इ बुझ्ने¸ व्याख्या गर्ने र बदल्ने कुरा सँगसँगै गर्नुपर्ने भएकाले कर्नाली प्रदेशको इतिहास र भविश्यको खोजी एकसाथ गर्नपर्नेमा जोड दिनुभयो। उहाँको भनार्इ छ¸ ×यो वर्तमानको जिम्वेवारी हो।”

कार्यक्रममा त्रिभूवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध मामिला विभागका संयोजक प्रा. डा. खड्ग केसीले सँधै ओझेलमा परेको कर्नालीको मर्म बाहिर ल्याउनुले अनुसन्धान र विकासमा ध्यानाकर्षण हुने बताउनुभयो। उहाँको भनार्इ छ ×वास्तविकता यसैगरी बाहिर ल्याउन पर्छ।”

कृषि विज्ञ कृष्ण पहारीले कर्नालीको विकटताले अवसरको खोजी गरेको बताउनुभयो भने पर्यावरण विज्ञ सुदर्शन प्रधानले कर्नाली पर्यटकीय आकर्षणको केन्द्र बनाउनुका साथै पर्यावरण र जनताप्रति संवेदनशील नेतृत्वको खोजी भएको बताउनुभयो।

भाषा साहित्यमा विद्यावारिधी गरिरहेका दीपकबहादुर बुढाले कर्नालीको मर्मले कर्नाली बोलेको र सोही अनुसार काम गर्ने समय आएको बताउनुभयो। चेक गणतन्त्रबाट भर्चुअल रुपमा जोडिएका डा. मानवबहादुर रोकाया र हुम्ला सिमकोटका राजबहादुर रोकाया लगायतले कर्नालीमा लेखकले उल्लेख गरेजस्तै धुँवा नआउने उद्योगको पर्वद्धन गर्न पर्नेमा जोड दिनुभयो।

कर्नालीको भूमिमा केही गर्न सकिन्छ भनी सोच्ने र काम गर्नेहरुका नाममा समर्पित पुस्तकभित्र कर्नालीको मुहान¸ पहिलो आमा¸ शिव !¸ हिजोको कर्नाली¸  परिवर्तनको मूल्यबोध¸ बिम्ब फेर्न्या रैवार र गन्तव्य कर्नाली शिर्षकमा लेखिएको छ। कार्यक्रममा लेखकको जन्म स्थान हुम्ला जिल्लाको रादेउ गाउँका बासिन्दादेखि सात समुद्र पारी बेलायत र चेक गणतन्त्रसम्मका सरोकारवालाहरु भर्चुअल रुपमा सहभागी भएका थिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal