आज :

नवौ राष्ट्रिय खेलकुदमा ५३ करोड ७९ लाख बढी खर्च, वचत ६ करोड ८२ लाख

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा ५३ करोड ७९ लाख ४ हजार २३९ रुपैयाँ ८ पैसा खर्च भएको बताएको छ ।

परिषद्का सदस्य सचिव टंक घिसिङका अनुसार ६ करोड ८२ लाख ४८ हजार ४६० रुपैयाँ ९२ पैसा वचत छ । प्रतियोगिताका लागि नेपाल सरकारबाट ६० करोड १० लाख विनियोजन भएको, आन्तरिक आम्दानीबाट ५१ लाख ५२ हजार ७ सय रुपैयाँ पाएको र कुल आम्दानी ६० करोड ६१ लाख ५२ हजार ७ सय रहेको पनि घिसिङले जानकारी दिए ।

राष्ट्रिय खेलकुद परिषद्ले गण्डकी प्रदेशको पोखरा लगायत ८ जिल्लामा २०७९ असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुद २०७९ सफलतापूर्वक आयोजना गरेको थियो ।

उक्त प्रतियोगितामा ३४१४ जना पुरुष र २७१३ जना महिला सहित कुल ६१२७ जना खेलाडीले ३९७ स्वर्ण, ३९७ रजत र ५५३ कास्य सहित कुल १३४७ पदका लागि प्रतिष्पर्धा गरेका थिए ।

एघार टिमको सहभागिता रहेको खेलमा नेपाल आर्मीले उपाधि जितेको थियो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal