आज :

टेलिकमको १० लाख रुपैयाँ बराबरको नमस्तेको रिचार्ज कार्ड हरायो, यस्तो छ सूचना

  • अनलाइन डबली

काठमाडौं । ढुवानी गर्ने क्रममा १० लाख रुपैयाँ बराबरको नमस्तेको रिचार्ज कार्ड हराएको छ । नेपाल टेलिकमले बुधबार एक सूचना जारी गर्दै ५० रुपैयाँका दरको २० हजार थान रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जानकारी दिएको हो ।

टेलिकमले जारी गरेको सूचनामा लेखिएको छ, ‘यस कम्पनीको रु ५० दरको सि.नं. ११२२१२००१२७८०००१ देखि ११२२१२००१३८०००० सम्मका ‘नमस्ते’ ब्रान्डको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको हुँदा उक्त सिरियल नं. भएका रिचार्ज कार्डहरू खरिद तथा बिक्री वितरण नगर्नुहुन सम्पूर्ण ग्राहक तथा वितरकहरूमा अनुरोध गरिन्छ ।’

यदि कतै भेटिएमा नजिकैको दूरसञ्चार कार्यालयमा बुझाइदिन टेलिकमको अनुरोध छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal