काठमाडौँ । कमला नदीमा आएको बाढीले बगाउँदा एक दम्पती बेपत्ता भएका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिका ७ का ३५ वर्षीय साजन परियार र उनकी श्रीमती ३० वर्षीय माया परियार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनषाका प्रहरी निरीक्षक बिक्रम साहका अनुसार मंगलबार दिउँसो १ बजे दम्पतीलाई नदीले बगाएको हो ।
कमला ब्यारेज नजिक नदीबाट दाउरा टिपेर घर फर्किने क्रममा दुबैजनालाई बाढीले बगाएको र खोजीकार्य जारी रहेको प्रहरी निरीक्षक साहले बताए ।


अनलाइन डबली

