आज :

अछामका विनोद शाहीको हत्याका मुख्य आरोपी सर्जन शाही काठमाडौंबाट पक्राउ

  • अनलाइन डबली

काठमाडौं । विनोद शाहीको हत्याका मुख्य आरोपी सर्जन बहादुर शाहाी पक्राउ परेका छन् । अछाम पञ्चदेवल विनायक नगरपालिका–४ का स्थानीय विनोद शाही गएको जेठ २१ गते विहान शव फेला परेको थियो ।

स्थानीय तहको चुनावको विषयलाई जेठ १७ गते साँझ कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । सामान्य विवादलाई लिएर नगरप्रमुख अम्बिका चलाउनेले गाउँमा प्रहरी पठाएर बालबालिका र महिलामाथि कुटपिट भएपछि घटनाले उग्ररुप लिएको थियो ।

पीडितले शाही र मेयर चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । त्यसपछि शाही प्रहरीको फरार सूचीमा थिए । प्रहरीका अनुसार सोमबार साँझ शाहीलाई काठमाडौंको धापासीबाट पक्राउ गरिएको हो । शाहीलाई महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको छ ।

पीडितले दोषीलाई कारवाहीको माग गर्दै पटकपटक विरोध प्रदर्शन गरिरहेका थिए । अछामबाट काठमाडौँ आएका मृतकका परिवारको सहयोगमा प्रहरीले शाहीलाई पक्राउ गरेको हो ।

शाही १५ वर्षीय विनोदको हत्याका मुख्य योजनाकार रहेको पीडितले दाबी गर्दै आएका छन् । मेयर चलाउनेलाई तत्कालिन गृहमन्त्री बालकृष्ण खाँण र सरकारी वकिलले सेटिङमा उन्मुक्ति दिइएको आरोप पीडित परिवारको छ ।

जनयुद्धको क्रममा माओवादी कार्यकर्ता सूर्य शाहीको पनि हत्या गरेको आरोप शाहीमाथि छ । सर्जन शाहीकै योजनामा सूर्यलाई बोरामा हालेर कर्णाली नदीमा फालेको आफन्त बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal