आज :

ललितपुरमा भदौ २१ गतेदेखि पाँचौ खुल्ला राष्ट्रिय किक बक्सिङ्ग हुने

  • अनलाइन डबली

काठमाडौं । आगामी भदौ २१ गतेदेखि पाँचौं खुल्ला राष्ट्रिय किक बक्सिङ्ग प्रतियोगिता हुने भएको छ ।

ललितपुर किकबक्सिङ्ग संघ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा आउँदो भदौ भदौ २१, २२ र २३ गते पाँचौं खुल्ला राष्ट्रिय किकबक्सिङ्ग प्रतियोगिता हुन लागेको ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले बताएका छन् । नेता स्व.गणेशमान सिंहको सम्झनामा प्रत्येक वर्ष आयोजना हुर्दै आएको प्रतियोगिता गोदावरी नगरपालिका वडा नं ११ प्याङ्गगाउँस्थित खेल मैदानमा संचालन गर्न लागिएको उनले जानकारी दिए ।

उनले उक्त प्रतियोगितामा पुरुष ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, ७० र खुल्ला तौल समूहमा प्रतिस्पर्धा रहने जानकारी दिए ।त्यस्तै महिला ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा रहने पनि जानकारी गराएका छन् ।
यस्तै प्रतियोगितामा प्रथम टिम च्याम्पियनलाई १ लाख, दोस्रो टिम च्याम्पियन ५० हजार र तेस्रो टिम च्याम्पियन २५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडि महिला तथा पुरुषलाई जनही २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कराते, तेक्वान्दो, उसु, बक्सिङ्ग, मुआई थाई किकबक्सिङ्ग, फुल कन्ट्याक्ट कराते, आईटीएफ र सात प्रदेशका राष्ट्रिय स्तरका खेलाडीहरुको सहभागिता रहने छ ।

प्रतियोगिताको अनुमानित कुल बजेट ५२ लाख ८१ हजार ६ सय रुपैयाँ रहेको छ पनि महर्जनले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal