
काठमाडौँ । स्वास्थ्य व्यवसायी संघका अध्यक्ष नवराज बस्नेतले स्वास्थ्य क्षेत्रमा भएको विकृती विसंगती बारे सरोकारवालाहरु सबै जानकार भएपनि त्यसलाई सुधार्न कोही तयार नहुनु दुर्भाग्य भएको बताए ।
संवाद डबलीको स्वास्थ्य संवाद कार्यक्रममा बोल्दै बस्नेतले स्वास्थ्य ओम्नीजस्ता दर्जनौं काण्ड भएको बताउँदै सरकार मुखदर्शक हुँदा नागरिक मार परेको बताए । “ओम्नीजस्ता दर्जनौं भ्रष्टाचारका काण्ड छन्, सरकार उदासिन भएकोले झन् ठूलो काण्डको तयारी भइरहेका छन् । यस्ता काण्डमा सरकार मुख दर्शक हुँदा नागरिक स्वस्थ्य सेवा महंगोमा किन्न बाध्य छन्” बस्नेतले भने ।
बस्नेतले उपचार गर्ने चिकित्सकहरुलाई राज्यका कुनैपनि कार्यकारी पदमा राख्न नहुने र वर्तमान स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य विशेषज्ञ सुझाव आयोग बनाएर काम गर्नसमेत सुझाव दिए ।