आज :

वक्ताहरुको प्रश्नः एमालेसँग डराएर ओम्नी भ्रष्टाचारको फाईल नखोलेको हो सरकार ?

  • अनलाइन डबली

काठमाडौं । स्वास्थ्य क्षेत्रमा व्याप्त भ्रष्टाचार सफाई गरेर जनतालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन ओम्नी काण्ड लगायतका भ्रष्टाचारका फाईल खोल्नु पर्ने वक्ताहरुले जोड दिएका छन् । शनिबार संवाद डबलीमा भएको स्वास्थ्य संवाद कार्यक्रममा बोल्दै वक्ताहरुले ओम्नी भ्रष्टाचारको फाईल खोल्न सरकार डराएको आरोप लगाएका छन् ।

नेपाली काँग्रेसका युवा नेता गुरुराज घिमिरेले देशका हरेक निकाय जस्तै स्वास्थ्य क्षेत्रमा पनि भ्रष्टाचारको जालो जब्बर भएर बसेको बताएका छन् । अधिकाशं नीतिगत भ्रष्टाचारको कारण आम–जनताको स्वास्थ्य अवस्था दिनदिनै खस्किंदै गएको र नागरिकले अकालमै ज्यान गुमाउनु परेको धाराणा राखेका छन् । उनले भ्रष्टाचारको जालो तोड्ने सुनौलो अवसर भएकोले आफ्नो पार्टीका नेता मन्त्री मोहनबहादुर बस्नेतले जनताले राहत पाउने तरिकाले काम गर्न सुझाव दिए ।

काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका नेता घिमिरेले बोलपत्र आह्वान गर्दाखेरी नै व्यापकमात्रामा भ्रष्टाचारको सेटिङ हुने हुँदा त्यसलाई राज्य संरक्षित नीतिगत भ्रष्टाचारको संज्ञा दिदै भने,“यस्तो कहाली लाग्दो अवस्थालाई चिर्न यो सरकारले निर्मम भएर अगाडी बढ्नु पर्छ ।”
गत वर्षको उदाहरण दिँदै नेता घिमिरेले भने,“५ लाख पर्ने सामाग्रीमा १८ लाखमा सेटिङ गरेर झण्डै २३ करोड भ्रष्टाचार हुन्छ भने अनि त्यसको मार जनतालाई पर्ने भयो ।”

विप्लव नेकपाका युवा नेता भिमसेन घिमिरे ‘विपिन’ले स्वास्थ्य सेवा विभागको खरिद शाखा प्रमुख डा.सुरेन्द्र चौरासियालाई सरकारले कारवाही नगरे आफूहरुले उनलाई सडकबाट ठिक पार्ने चेतावनी दिए । डा.चौरासियाले स्वास्थ्य क्षेत्रमा व्यापक भ्रष्टाचार गरेको बताउँदै भने,“स्वास्थ्य विभागमा भ्रष्टाचार र अनियमितताको प्रपञ्च मिलाउने महासय डा.सुरेन्द्र चौरासियालाई हामी चेतावनी दिन्छौं, तपाईले सिमा नाघ्नु भयो ।” उनले वर्तमान सरकार प्रतिपक्ष नेकपा एमालेसँग डराएर एमालेको पालामा भएको ओम्नि प्रकरण चलाउन नचाहेको आरोप समेत लगाएका छन् । सरकारले स्वास्थ्य क्षेत्रको भ्रष्टाचारको सफाई गर्न ओम्नी काण्डको फाईल खोलेमा त्यसमा आफ्नो पार्टीले पनि साथ दिने बताए ।

स्वास्थ्य व्यवसायी संघका अध्यक्ष नवराज बस्नेतले स्वास्थ्य क्षेत्रमा भएको विकृती विसंगती बारे सरोकारवालाहरु सबै जानकार भएपनि त्यसलाई सुधार्न कोही तयार नहुनु दुर्भाग्य भएको बताए । उनले ओम्नी लगायतका ठूला भ्रष्टाचारका काण्डमा सरकार उदासिन भएकोले अहिले पनि खुल्लमखुल्ला भ्रष्टाचार चलिरहेको धारणा राखे । बस्नेतले उपचार गर्ने चिकित्सकहरुलाई राज्यका कुनैपनि कार्यकारी पदमा राख्न नहुने र वर्तमान स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य विशेषज्ञ सुझाव आयोग बनाएर काम गर्नसमेत सुझाव दिए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal