आज :

प्रधानन्यायाधीशमा सिफारिस विश्वम्भरप्रसाद को हुन् ? जो ४२ वर्षे न्याय सेवामा कहिलै विवादमा परेनन्

  • अनलाइन डबली

काठमाडौं ।संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । बिहीबार बसेको परिषद्को बैठकले श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल भोलि सकिएकोले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई सिफारिस गरेकोहो ।

सुदूरपश्चिमको डोटीमा जन्मेका श्रेष्ठ २०३८ सालबाट न्याय सेवामा प्रवेश गरेका थिए । ४२ वर्षे लामो सेवा अवधिमा कहिलै पनि विवादमा आएनन् ।  श्रेष्ठ कहिलै विवादमा आएनन् ।

अब संसद्‌को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित श्रेष्ठको नाम अनुमोदन गरेपछि श्रेष्ठ ३१ औं प्रधानन्यायाधीशका रुपमा न्यायलयको सर्वोच्च निकायको नेतृत्व गर्नेछन् ।

हाल काठमाडौंको कुलेश्वरमा बस्दै आएका श्रेष्ठ कैलालीका स्थायीबासी हुन् ।

कहिलै विवादमा नआएका श्रेष्ठ न्यायपालिकामा गहिराइमा पुगेर मुद्दा बुझ्न सक्ने न्यायाधीशका रुपमा चिनिन्छन् ।

  • २०३८ चैत २७ गतेदेखि न्याय सेवामा प्रवेश गरेका हुन् । कानुन तथा न्याय मन्त्रालयमा शाखा अधिकृतका रुपमा अस्थायी नियुक्ति
  • २०४१ पुष ११ गतेदेखि शाखा अधिकृतका रुपमा स्थायी नियुक्त ।
  • २०४४ फागुन १४ गते क्षेत्रीय अदालतको उपरजिष्ट्रार ।
  • २०४५ जेठ ३ गतेबाट न्यायाधीशका रुपमा काम सुरु । न्यायाधीशका रुपमा उनको पहिलो पोष्टिङ दार्चुला जिल्ला अदालतमा भएको थियो । त्यसपछि डडलेधुरा, उदयपुर, मकवानपुर, झापा, बाँके र काठमाडौंमा जिल्ला न्यायाधीशका रुपमा काम गरेका थिए ।
  • २०६२ चैत १० गतेदेखि श्रेष्ठले तत्कालीन पुनरावेदन अदालतको न्यायाधीशका रुपमा कामकाज सुरु गरे । तत्कालीन पुनरावेदन अदालतको न्यायाधीशका रुपमा उनको पहिलो पोष्टिङ बागलुङ इजलासमा भएको थियो । त्यसपछि श्रेष्ठले पुनरावेदन अदालत पाटन र पोखरामा न्यायाधीश ।
  • २०७० साउन ८ गते श्रेष्ठ पुनरावेदन अदालत पोखराको निमित्त मुख्य न्यायाधीश ।
  • २०७१ भदौ १० गतेदेखि पुनरावेदन अदालत हेटौंडाको मुख्य न्यायाधीश ।
  • २०७३ साउन १७ गतेदेखि सर्वोच्च अदालतको न्यायाधीशका रुपमा कामकाज गरेका श्रेष्ठ हाल सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश ।
  • २०८१ असोज १९ गते ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal