आज :

भन्सार जाँचमा कडाई गर्न अर्थमन्त्रीको निर्देशन (भिडियोसहित)

  • अनलाइन डबली

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले, भन्सार छलेर सामान भित्र्याउनेलाई कडा निगरानीमा राख्न निर्देशन दिएका छन् ।

विरगंज भन्सार कार्यालय पर्साको अनुगमनका क्रममा उनले भन्सार कडाईमा गम्भीर भएर लाग्नु पर्ने बताएका हुन् ।

उनले भने ‘भन्सार र सुरक्षा निकायको महत्वपूर्ण भूमिका छ । भन्सारभन्दा बाहिरबाट प्रवेश गर्ने सम्भावनालाई सुरक्षा निकाय गम्भीर भएर लाग्नु पर्छ । ’

मुलुकको लागि आर्थिक स्रोत जुटाउने दायित्व अर्थ मन्त्रालयको भएको भन्दै उनले त्यसमा सबैभन्दा ठुलो भूमिका भन्सार र राजस्वकै भएको जिकिर गरे ।

‘स्रोत जुटाउने जिम्मेवारी अर्थ मन्त्रालयको हो र त्यसमा ८० प्रतिशतभन्दा बढि हामीले भन्सार र राजस्वबाट उठाउनु पर्छ । समग्र राजस्वको ४८ प्रतिशत भन्सारको योगदान छ र भन्सारको योगदानको ४० प्रतिशत विरजंगको दुईवटा कार्यालय मार्फत प्राप्त हुन्छ ।’  उनले भने ‘हामीले राजस्व प्राप्त गर्नको लागि सबैभन्दा ठूलो जिम्मेवारी दुईवटा कार्यालयलाई छ। वस्तु बजारमा आएको छैन भने ठिक छ तर आएर पनि राजस्व घट्यो भने हामीमाथि प्रश्न उठ्ने गर्छ । ’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal