आज :

‘विनित सोनारलाई मिटरब्याजीले विष सेवन गर्न बध्य बनाए’

  • अनलाइन डबली

काठमाडौं । मिटरब्याजीले विनित सोनारको विष सेवन गर्न बाध्य बनाएका छन् । मिटरब्याज पीडित सोनारले जिल्ला प्रशासन कार्यालय मोरङमा विष सेवन गरेका हुन् ।

विष सेवनबाट गम्भीर घाइते सोनारको निधन भएको छ । कटहरी गाउँपालिकाका सोनारको मृत्युको विरोधमा मिटरब्याजपीडितले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

मिटरब्याज तथा ठगीविरुद्ध संघर्ष समितिको केन्द्रिय सदस्य विशाल राना क्षेत्रीले आफूहरु विगत ३४ महिनादेखि हामी आन्दोलनमा रहेको जानकारी दिँदै साउन ७ गते जिल्ला प्रशासन कार्यालय, मोरङमा मिटरब्याजसम्बन्धी छलफलले पनि निकास नदिएपछि सोनार विष सेवन गर्न बाध्य भएको बताए ।

सोनारले डा. नितेश तिवारीसँग ७ लाख रुपैयाँ, प्रदीप भुजेलसँग २ लाख, र विनोद ढकालसँग ६ लाख रुपैयाँ लिएका थिए । भुजेल र ढकालले चेक बाउन्स भएको भन्दै किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ । सोही जाहेरीका आधारमा सोनारलाई पक्राउ गर्न प्रहरी प्रशासन कार्यालय पुगेको थियो ।

सोनारले आफूले लिएको रकमको दोब्बर तिरिसक्दा पनि ब्याजीले त्यो भन्दा धेरैको हिसाब राखेको र तिराउन मानसिक तनाव दिन थालेको सहकार्मीसँग बताउँदै आएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal