आज :

बाग्मती प्रदेशमा ओलम्पियन संघको स्कूल टु ओलम्पिक कार्यक्रमको आयोजना

  • अनलाइन डबली

काठमाडौं । नेपाली ओलम्पियनहरुको छाता संगठन नेपाल ओलम्पियन्स संघले बाग्मती प्रदेशमा पहिलो स्कूल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको कीर्तिपुर नगाउँस्थित सशस्त्र प्रहरी बलको एपीएफ स्कूलमा संघले ओलम्पिक अभियान र ओलम्पियनहरुबारे परिचयात्मक कार्यक्रमसहितको स्कूल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमअघि ओलम्पियनहरुले स्कूल प्राङ्गणमा हलुवाबेदको रुख वृक्षरोपण गरेका थिए । वृक्षरोपणमा ओलम्पिकका ४ पटक सहभागी कीर्तिमानी बैकुण्ठ मानन्धर, दीपक बिष्ट, राजेन्द्र भण्डारी र प्रमिला रिजालको सहभागिता थियो । त्यस्तै राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ्ग पनि वृक्षरोपणमा सहभागी थिए ।

त्यसपछि आयोजित अन्तक्र्रियामा ओलम्पियनहरुले झण्डै ४ सयको संख्यामा रहेका विद्यार्थीसँग अनुभव साट्दै उनीहरुको जिज्ञासा शान्त पार्ने प्रयास गरेका थिए । नेपाल ओलम्पिक संघका महासचिव निलेन्द्रराज श्रेष्ठले ओलम्पिकको महत्व र ओलम्पिक चार्टर तथा नेपालमा ओलम्पिक अभियान बारे प्रकाश पारेका थिए ।

ओलम्पियन बैकुण्ठ मानन्धरले नेपाली ओलम्पियनहरुले आफ्नै बल बुँताले नेपाल र नेपालीको गौरव उचो राख्ने काम गरेको बताए । एपीएफ स्कूलका धावक अजित यादवले जुनियर एशियन च्याम्पियनसिप पदक जितेको उदाहरण दिंदै मानन्धरले चाह्यो भने सबैले खेलकुदमा आफ्नो छुट्टै स्थान बनाउनसक्ने भएकाले दत्तचित्त भएर लाग्न सुझाव दिए ।

त्यस्तै छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने नेपालको पहिलो पुरुष खेलाडी दीपक बिष्टले आफुले निकै ढिलो तेक्वान्दो शुरु गरेर पनि सफलता प्राप्त गरेको भन्दै सानै उमेरबाट खेलकुदमा लागे सफलता छिटो हात लाग्ने बताए । चोटग्रस्त हुँदा पनि राष्ट्रको लागि खेल्नुपर्छ भन्ने भावना भएकाले नै आफूले ४ पटक सागको स्वर्ण पदक, एशियाली खेलकुदमा २ काश्य पदक र ओलम्पिकमा सहभागिता जनाउन सफल भएको उल्लेख गरे ।

धावक राजेन्द्र भण्डारीले डोपिङ प्रकरणमा परेर सागको २ वटा स्वर्ण गुमाएको प्रसङ्गmलाई जीवनको कालो दिनको रुपमा लिएको बताए । तर, आपूmमाथि लागेको दागलाई मेट्नैपर्छ भन्ने उदेश्य लिएर अघि बढ्दा नै सागमा अर्को स्वर्ण जित्न सकेको उनको भनाइ थियो । खेलाडीको जीवनमा नसोचेका उतारचढावहरु आउने भएकाले चनाखो हुन उनले आग्रह गरे ।

ओलम्पियन प्रमिला रिजालले महिलालाई अन्य क्षेत्रमा जस्तै खेल क्षेत्रमा लाग्न पनि सजिलो नरहेको बताइन् । घर परिवार र समाजको बन्धनलाई चिर्दै अघि बढेकाले नै आपूm एपीएफ क्लबको एकमात्र ओलम्पिन हुन सकेको अनुभव उनले सुनाइन् ।

कार्यक्रममा फुटबलका पूर्वकप्तान अनिल गरुङले नाम र दामको लागि भन्दा पनि राष्ट्रको लागि केही गर्ने र राष्ट्रिय झण्डा अङ्कित जर्सी लगाउने लोभमा आफू फुटबलमा लागेको सुनाए । देशकै अवस्था राम्रो हुन नसकेकाले खेल र खेलाडीको अवस्थामा सुधार नआएको उनको कथन थियो ।

अन्तक्र्रियामा विद्यार्थीले खेलाडीहरुलाई नेपालमा खेल र खेलाडीको अवस्था, खेलमा लागेर हुनसक्ने कमाई, राज्यले लिएको खेल नीति र ओलम्पिकमा सहभागिता जनाउन गर्न पर्ने मिहेनतबारे जिज्ञासा राखेका थिए । कार्यक्रममा एपीएफ स्कूलका विद्यार्थीले नृत्य र तेक्वान्दोको फाइट प्रस्तुत गरेका थिए ।

एपीएफ स्कूलका प्रधानाध्यापक युवारज पराजुली र स्कूल इन्चार्ज डीएसपी लक्ष्मी थपलियाले ओलम्पियनहरुलाई मायाको चिनो हस्तान्तरण गरेका थिए । ओलम्पियनहरुको जीवनबाट विद्यार्थीहरुले धेरै नै सिक्ने मौका पाएको उनीहरुको कथन थियो ।

संघले यसअघि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न विद्यालयमा स्कूल टु ओलम्पिक कार्यक्रम आयोजना गरिसकेको छ । छिट्टै नै गण्डकी प्रदेशमा पनि यस्तै कार्यक्रम गरिने संघका अध्यक्ष दीपक बिष्टले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal