आज :

कोशीका मुख्यमन्त्री थापाले लिए शपथ, तीन मन्त्रीले पाए जिम्मेवारी

  • अनलाइन डबली

काठमाडौं । कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदको शपथ लिएका छन् । बुधबार अपरान्ह प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

गत असार २१ मा मुख्यमन्त्री बनेका थापाले २७ दिनमा दोस्रो पटक मुख्यमन्त्रीको शपथ लिएका हुन्। । उनी साउन ११ गते सर्वोच्च अदालतको फैसलाबाट बर्खास्तीमा परेका थिए।

२६ दिनमै दोस्रो पटक मुख्यमन्त्रीमा पुगेका उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका ४७ सांसदको समर्थन पाएका हुन् ।

थापालाई मुख्यमन्त्री बनाउन प्रदेशसभा सभामुख बाबुराम गौतमले राजिनामा दिएका थिए ।

राजीनामा दिएपछि बहुमत जुटाएका थापाले, बुधबार पहिलो चरणमा तीनजनालाई मन्त्री बनाएका छन् । माओवादी केन्द्रका निर्वतमान सभामुख गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र कांग्रेसका प्रदीपकुमार सुनुवार मन्त्री बनेका छन्। गौतम र सुनुवार ओखलढुङ्गाका हुन् ।

मन्त्रीहरुले आजै पद तथा गोपनीयताको सपथ लिएका छन् । सभामुख छाडेका गौतमले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् उनले दोस्रो वरीयता पाएका छन् ।

त्यस्तै एकीकृत समाजवादीका जबेगुले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा पाउँदा सुनुवारले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय सम्हालेका छन्।

जबेगु र सुनुवार दुवैलाई थापाले असार २१ गते पनि मन्त्री बनाएका थिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal