
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आजदेखि बस्दै छ । बैठक विहान ११ बजेबाट काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुँदैछ ।
पाँच दिनसम्म चल्ने बैठकको आज अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ । बैठकमा अध्यक्षले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् भने महासचिवले सांगठानिक प्रतिवेदन पेश गर्ने कार्ययूची रहेको छ ।
त्यो भन्दा पहिले विहान ८ बजे स्थायी समिति बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले केन्द्रीय समितिमा पेस हुने राजनीतिक, सांगठानिक प्रतिवेदनलाई अन्तिम रुप दिनेछ ।
बैठकमा मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् ।
बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी हुने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।