आज :

निशुल्क पुस्तक ११ , १२ का विद्यार्थीलाइ वितरण , ललितपुर महानगर शिक्षाको राजधानी: मेयर चिरी बाबु

  • बुद्धशरण शाही

साउन १६.ललितपुर  । प्रतिभा बुक बैंकको २९ औं वार्षिकोत्सव र सातोआकी इतो स्मृति दिवसको अवसरमा “बुद्ध र शान्ति” शीर्षकमा आयोजित चित्रकला प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गरेका विद्यार्थीहरूलाई निशुल्क पुस्क्तक तथा पुरस्कार वितरण गरिएको छ ।
प्रतिभा समाजद्वारा सोबार ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले सातोआकी इतोको स्मृति तथा सस्थाको बार्षिक उत्सवको अवसरमा आयोजित चित्रकला प्रतियोगिताका प्रथम स्थान हासिल गर्ने आयुषा सुनुवारलाई नगद दुईहजार पाँचसय रूपियाँ र विभिन्न उपहार प्रदान गर्नुभयो ।
त्यसैगरी दोस्रो स्थान हासिल गर्ने आकृति मानन्धरलाई एकहजार पाँचसय रूपियाँ, तेस्रो हुने सर्ग ताम्राकारलाई एकहजार रूपियाँ र सान्त्वना पुरस्कार प्राज्ना श्रेष्ठ र ओएन अवालेलाई पाँचसय रूपियाँसहित प्रमाणपत्र र विभिन्न सामग्री प्रदान गरिएको थियो ।
योङ पिकासो संस्थाका संयोजक अजय देशारको संयोजनमा भएको चित्रकला प्रतियोगितामा नोरा श्रेष्ठलाई प्रमाणपत्र र मायाको चिनोसहित विशेष पुरस्कार प्रदान गरिएको थियो ।

महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरलाई स्मार्ट सिटीको अवधारणा अनुसार विकास गर्ने योजना सफल पार्न शिक्षित जनशक्तिको विशेष सहयोग रहने बताउँदै विद्यार्थी र अभिभावकलाई हौसला मिल्ने यस्ता कार्यक्रम सह्रानीय रहेको बताउनुभयो । उहाले ललितपुर महानगरलाइ शिक्षाको राजधानी भनिने भनाइलाई यो बर्षको रास्ट्रिय स्तरको शैक्षिक् उपलव्धतालाइ उचाइमा पर्याएको बताउदै एस इ इ यस बर्षको परिक्षामा मुलुक भरिमा बात ४२ जनाले जी पी  ए ४ ल्याउदा ललितपुर महानगरले ४ जना बिद्यार्थी जी पी ए ४ प्राप्त गर्न सफल भएको उदाहरण मात्र भएको बताउनु भयो ।
जापानका नागरिक सातोआकी इतोको सन् १९९१ मा घोप्टे भिरमा भएको थाई विमान दुर्घटनामा परी निधन भएपछि उहाँका परिवारले बिमा बापत प्राप्त रकम जोडी ललितपुर कुपुन्दोल स्थित उहाँको स्मृतिमा “सातोआकी भवन”निर्माण गरेर सोही भवनमा प्रतिभा बुक बैंक स्थापना गरी नेपालका जेहेन्दार विद्यार्थीलाई सहयोग गर्दै आएको छ ।

प्रतिभा बुक बैंकले जेहन्दार बिद्यार्थीहरुलाई प्रत्यक बर्ष निशुल्क पाठ्यक्रम वितरण गर्दै आएको छ । यसै कार्येक्रम अन्तर्गत
प्रतिभा बुक बैंकले हरिसिद्ध मा.वि.,पाटन हाइस्कुल, यशोधरा बौद्ध विद्यालय, जगतसुन्दर ब्वनेकुथी,श्रमिक शान्ति मा.वि., त्रिपद्म मा.विलगायतका कक्षा ११ र १२का जेहेन्दार ९५ जना विद्यार्थीलाई पुस्तक निःशुल्क प्रदान गरेको थियो ।
प्रतिभा समाजका कार्यकारी सदस्य किरण नगरसिंह शाक्यले प्रतिभा बुक बैंकले टिआरके ग्रुपको सहयोगमा उक्त पाठ्यक्रम खरिद गरी पढिसकेपछि पुनः त्यही फिर्ता गर्ने गरी विद्यार्थीहरूलाई सहयोग स्वरूप प्रदान गरेको जानकारी दिनुभयो ।
उहाँले सातोआकी भवनमा प्रतिभा समाजले हाजीरीजवाफ, हाइकु,कविता वाचन, चित्रकला प्रतियोगिता र स्थापनाकालदेखि नै कक्षा ११ र १२ का विद्यार्थीलाई पाठ्यक्रमका पुस्तक प्रदान गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal