आज :

यात्रुको सास्तीलाई हटाउन उपत्यकामा विशेष सार्वजनिक बस सेवा सञ्चालन गर्ने प्रधानमन्त्रीको तयारी

  • अनलाइन डबली

काठमाडौं । यात्रुले सास्ती खेप्नु परिरहेको अवस्थाको अन्त्य गर्न काठमाडौं उपत्यकामा विशेष सार्वजनिक बस सेवा सञ्चानबारे प्रधानमन्त्री प्रचण्डले छलफल गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार सार्वजनिक वस सेवा सञ्चालनबारे भौतिक योजना तथा यातायता मन्त्रालय,यातयात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी र ट्राफिक प्रहरी लगायतका निकायसँग बहुपक्षिय छलफल गरेका हुन् ।

छलफलका क्रममा काठमाडौं उपत्यका दिनहुँ देखिने ट्राफिक समस्या समाधान र यात्रुले खेप्नु परिरहेको सास्तीको अन्त्य गर्न विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे विधि र उपायबारे धारणा राखिएको थियो ।

छलफलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकामा देखिएका सडकका हरेक समस्या समाधान गर्नेगरी लाग्न सम्बन्धित निकायलाई सचेत गराए ।

विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे सम्बन्धित निकायबीच भएको छलफलको प्रशसा गर्दै असोजसम्मलाई तारगेट गरेर विशेष बसहरु सञ्चालन गर्ने गरी तयारी गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal