आज :

कार्की र रेग्मी बागमती प्रदेशको सचिवमा बढुवा

  • अनलाइन डबली

काठमाडौं । बागमती प्रदेश सरकारले नारायणबहादुर कार्कीसहित दुई जना कर्मचारीलाई ११ औं तहमा बढुवा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सेवातर्फ नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फ लोकनाथ रेग्मीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय भएको हो ।

११ औं तह प्रदेशको सचिव सरहको दरबन्दी हो । बढुवा भएका दुबै जनालाई सरकारले आवश्यकतामा प्रदेश सचिवको जिम्मेवारी दिन सक्नेछ ।

त्यसैगरी प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । काम गर्दै आएका अस्थायी र करारका एक हजार पाँच सय ९५ दरबन्दी स्वीकृत गरेको छ भने प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

यसअघि संघको ऐनसँग बाँझिनगरी गरेको चारजना कर्मचारीको बढुवाबारे अदालतले अन्तिम फैसला दिएको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिपक प्रसाद तिवारी, वसन्त अधिकारी, डा. अर्जुन प्रसाद सापकोटा र डा. नरेन्द्र कुमार झालाई बढुवा गरेको थियो । सरकारले चारै जनालाई निर्देशक तथा प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा बढुवा गरेको थियो ।

गैरकानुनी भन्दै परेको रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनले बढुवा कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal