काठमाडौं । दक्षिण कोरियामा पानी जहाज कम्पनीको लागि आवेदन खुला भएको छ । ईपीएस शाखाले आज सूचना प्रकाशित गरेर पानी जहाज कम्पनीमा काम गर्न चाहनेहरुलाई फारम भर्न कोरिया शाखाले आह्वान गरेको छ ।
ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले आज सूचना प्रकाशित गरी भाषा परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको हो ।
आवेदकले अनलाइनबाट साउन २० गतेदेखि २४ गतेसम्म फारम भर्न सक्नेछन् । भाषा परीक्षा हुने स्थान र समय भदौ ८ गते शुक्रबार प्रकाशित गरिने सूचनामा उल्लेख छ ।
भाषा परीक्षामा पास भएकाहरुले दोस्रो चरणमा सीप परीक्षा दिनुपर्ने छ । भाषा परीक्षा, सीप परीक्षण र स्वास्थ्य परीक्षणमा पास भएपछि मात्र रोजगार आवेदन फारम भर्न पाइने छ ।
हेर्नुहोस् सूचना