आज :

इतुंबाहाः म्युजियम संचालनमा, एक सयभन्दा बढी ऐतिहासिक, पुरातात्विक सामाग्री प्रदर्शनमा

  • बुद्धशरण शाही

काठमाडौँ ।काठमाडौं उपत्यकाका महाविहारमध्य एक इतुंबाहाः अर्थात “भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार ऐतिहासिक विशेषता भएको प्रसिद्ध एवं पुरातात्विक महाविहार इतुंबाहाःमा पुरातात्विक  म्युजियम संचालनमा आएको छ । भाष्करदेव संंस्कारित केशचन्द्रवृत पारावत् महाविहार समाज को पहलमा करीब दुई वर्षदेखिको अथक प्रयासपछि बागमती प्रदेश सभासद सैलेन्द्र बज्राचार्य तथा काठमाडौँ महानगर पालिकाका पुर्व मेयर बिद्या सुन्दर शाक्य बात आज शनिवार  इतुंबाहाः म्युजियमको उत्घाटन भएको हो।

इतुंबाहाः म्युजियम स्थापनाका लागि अमेरिकाको न्युयोर्कस्थित रुविन म्युजियम आर्टले यस समाजसँग सहकार्य गरेको छ । इतुंबाहा समाजले गरेको यस म्युजियमको परिकल्पना लुम्बिनी बौद्ध विश्वविद्यालयको म्युजिलियोजी एन्ड बुद्धिस्ट कलेक्सन प्रोग्रामसँग पनि सहकार्य गरेको हो ।
सन् १९९९ मा इतुम्बहाको आँग घरबाट हराएको पुष्पमालाले सुुुसज्जित अप्सरा (विद्याधर) अमेरिका पुगेको थियो । सन् २००३ मा रुवेन म्युजियमको सङ्ग्रहमा विद्याधर पनि थपियो । सामाजिक सञ्जालमार्फत् सतर्क गराउने मञ्च लस्ट आर्ट्समार्फत् रुवेन म्युजियम यस प्राचीन महत्व बोकेको सामाग्री विद्याधरको इतिहासबारे अवगत भए पछि रुवेनले तुरुन्तै यसको सत्यतथ्य बुझ्न अनुसन्धान गर्यो र विद्याधरलाई उसको पुरानै स्थान इतुम्बहालमा फिर्ता गर्न न्युयोर्कमा रहेको नेपाली वाणिज्य दुतावाससँग सहकार्य गरी विद्याधरलाई नेपाल फर्काएको समाज को भनाइ छ ।
रुविनले सामाजिक दायित्वअनुरुप इतुंबाहाः संरक्षण समाजसँग सिर्जनात्मक साझेदारी गर्ने उदेश्य संगै म्युजिय संचालन गर्ने परिकल्पनाको सुरुवात भएको समाजका पदाधिकारीहरुको भनाइ छ। यस म्युजिमको स्थापनामा लुम्बिनी बौद्ध विश्वविद्यालयका लेक्चरर स्वस्ति राजभण्डारी र उहाँका विद्यार्थीसम्मिलित टिमको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

 

इतुंबाहाः म्युजियममा अहिले तीन ग्यालरीमा एक सयभन्दा बढी ऐतिहासिक सामाग्री प्रदर्शनमा राखिएको छ । विनष्ट हुने अवस्थामा भण्डारणमा रहेका यी पुरातात्विक महत्वको सामाग्री संग्रह गरी सकेसम्म पहिलेकै अवस्थमा ल्याएर अभिलेखीकरण गरिएको छ । यसै क्रममा पाँच सयभन्दा बढी पुरातात्विक सामाग्री पहिचान भए पनि हाललाई करीब एक सय पुरातात्विक सामग्री मात्र प्रदर्शनमा राखेको छ । दशकौँदेखि भण्डारमा थुप्रिएका सामाग्रीलाई नष्ट हुनबाट जोगाउन र यस्ता सामाग्रीको पहिचान गरी आगामी पुस्तालाई पनि सम्पदा संरक्षण बारे जानकारी गराउने उद्देश्य यस सङ्ग्रहालयको रहेको छ ।
यसैगरी समाजले , इतुंबाहाः म्युजियमको एउटा सेक्सनले ‘मूर्त सम्पदाको संरक्षणमा सामुहिक जिम्मेवारीः हराएको र फिर्ता भएको सम्पदा’ को पनि जानकारी र जनचेतना गराउने प्रयास गरेको छ ।

प्राचीन इतिहास बोकेको कान्तिपुरका विहारमध्येको सबैभन्दा ठुलो र पुरानो महाविहार इतुंबहाल आफैमा सिंगो सङग्रहालय हो । मूर्तअमूर्त सम्पदाले पनि केशचन्द्र पारावत् महाविहार समृद्ध छ । यस महाविहारमा नेवार बौद्ध धर्मालम्बीहरुसँग सम्बन्धित इतिहास, संस्कृति, रहनसहन, महायान, वज्रयान बौद्धहरुको जीवनशैली, संस्कारसम्बन्धी क्रियाकलापहरु नियमित रुपमा सञ्चालन हुदै आएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal