
दाङको राप्ती गाउँपालिकाका महिलाहरुलाई आत्मनिर्भर बनाउन एक हप्ते लेडिज फेसन डिजाईनर तालिम दिन सुरु गरिएको छ ।
नेपाल कपडा तथा सिलाई व्यावसायिक संघ राप्तीको आयोजनामा उक्त तालिम शुरु गरिएको हो। तालिमको शुक्रबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले महिलाहरुको आर्थिक स्तर सुधार गर्दै आत्मनिर्भर बनाउने र क्षमता अभिवृद्धि गर्नका लागि फेसन डिजाईनर तालिमको महत्त्वपूर्ण भूमिका रहने बताए ।
त्यस्तै उनले पछिल्लो समय आफ्नो मौलिक पोषक भन्दा पनि आयातीत पश्चिमा फेसनको बढी प्रयोग भएको भन्दै लेडिज फेसन डिजाइनर तालिममा स्वदेशी मौलिक पोषकहरुलाई बडवा दिनु पर्ने कुरामा जोड दिए । सिलाई सम्बन्धी व्यवसाय गर्दै आएका महिलाहरुलाई अझै प्रभावकारी रुपमा व्यवसाय संचालन गर्न फेसन डिजाइनर तालिम संचालन गरिएको नेपाल कपडा तथा सिलाई व्यावसायिक संघ राप्तीका अध्यक्ष लिलाधर दामाईले जानकारी दिए । कार्यक्रम मा नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ , दाङको सचिव फत्ते परियारले सिलाइ पेशा ब्यक्तिगत , समाज र सिङ्गो राष्ट्रको लागि कति महत्वपुर्ण छ भनेर प्रष्ट्याउनु भएको थियो भनेर लेख्नुस।
राप्ती गाउँपालिकाका ९ वटै वडाका ३० जना महिलाहरूको सहभागीता रहेको तालिमको प्रशिक्षक मनु थापा रहेकी छिन् । तालिम राप्ती गाउँपालिका (२ बराखुटी स्थित करम्दी सामुदायिक वनको हलमा संचालन हुने बताइएको छ। उद्घाटन कार्यक्रम नेपाल कपडा तथा सिलाई व्यावसायिक संघ राप्तीका अध्यक्ष लिलाधर दमाईको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो