आज :

नाइजेरियामा विद्रोह: अमेरिकी समर्थक राष्ट्रपति सेनाको नियन्त्रणमा, सडकमा रुसको झण्डा 

  • अनलाइन डबली

काठमाडौं । नाइजेरीमा विद्रोहपछि सैनिक जेनेरल अब्दुरहमाने चिआनीले आफूलाई नाइजरको नयाँ नेता घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार ओमार चिआनी भनेर पनि चिनिने उनले आफ्नो नेतृत्वमा रहेको राष्ट्रपतिको गार्ड यूनिटलाई प्रयोग गरेर राष्ट्रपतिलाई नै नियन्त्रणमा लिँदै सत्ता कब्जाको घोषणा गरेका थिए ।

अमेरिकी समर्थक राष्ट्रपति मोहमद बाजुमलाई सेनाले नियन्त्रणमै राखेको छ । बाजुमले इस्लामीविरुद्धको पश्चिमा राष्ट्रहरुको लडाइँलाई साथ दिँदै आएका थिए । त्यही कारण उनीविरुद्ध देशमा विरोध बढ्दै गएको थियो ।

नाइजेरिया सन् १९६० मा स्वतन्त्र भएको थियो तर अहिले पनि पूर्वऔपनिवेशिक देश अमेरिका र फ्रान्सका सैन्य शिविर रहेका छन् । उनीहरु नाइजेरियाको यूरेनियम खानी कब्जा गरेर बसेका छन् ।

अमेरिकी र फ्रान्सीले सेनाको ज्यादतीसँगै पश्चिमा देशहरुको चलखेल बढ्दै गएपछि सेनाले विद्रोह गरेको हो । यो सैनिक विद्रोहपछि पश्चिमा देशहरुको टाउको दुखेको छ । अमेरिका र फ्रान्सले आफूले विद्रोहको भत्सर्ना गर्दै अपदस्त राष्ट्रपति बाजुमलाई चिन्ने बताएका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले बाजूमलाई वाशिङ्टनले अटुट समर्थन गर्ने प्रतिबद्धता व्यक्रेका छन्। संयुक्त राष्ट्रसङ्घले नाइजेरियामा आफ्नो मानवीय सहायता कार्य स्थगन गरेको जनाएको छ।

दुई वर्ष पहिले भएको चुनावमा पश्चिमा देशहरुकै सहयोगमा बाजुमले पुनः जितेका थिए ।

विद्रोहको समर्थकहरु सडकमा निस्किएका छन् । उनीहरुले नाइजेरिया र रुसको झण्डा बोकेर सेनाको कदमको समर्थन गरेका छन् । नाइजेरियाको सरकार रुसविरुद्ध उभिँदै आएको थियो । विद्रोहमा सहभागी र समर्थक रुसको पक्षमा रहेको बताइएको छ ।

यसैबीच रुसको निजी सैनिक समूह वाग्नरका नेता येभ्गनी प्रिगोजिनले नाइजेरिया जनताको जित र साम्राज्यवादीहरुको हार भएको भन्दै विद्रोहको प्रसंशा गरेका छन् । प्रिगोजिनले एक भिडियो सन्देशमार्फत नाइजेरियाको विद्रोहको पक्षमा अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal