आज :

क्लासिक टेकको चौधौं स्थापना दिवसः ७४ जिल्लामा इन्टरनेट सेवा, ग्रामिण इलाकामा शुपथ मूल्यमा इन्टरनेट 

  • अनलाइन डबली

काठमाडौं । ईन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रा.लि.ले स्थापनाको चौधौं बार्षिकोत्सव मनाएको छ । सो अबसरमा कम्पनीले १४ बर्षको यस व्यवसायिक यात्रामा महत्वपूर्ण योगदान पुर्याउने सम्र्पूण कर्मचारी, ग्राहक, प्राविधिक, व्यवस्थापन समुह, विभिन्न आपूर्तिकर्ता तथा सेवा प्रवाह कम्पनी, नियामक निकाय तथा यस कम्पनीलाई सहयोग, सद्भाव र मार्गदर्शन प्रदान गर्ने सम्र्पूण सरकारी, गैरसरकारी संघसंस्था, बिषयगत निकाय, सेवा प्रदायक तथा वीत्तिय संघसंस्थाहरुलाई धन्यवाद व्यक्त गर्दै विगत बर्षहरुझैं आगामी दिनहरुमा पनि सोही प्रकारको सहयोग, सद्भाव, मार्गनिर्देशनको अपेक्षा गरेको छ ।

सन् २००९ मा स्थापना भई सेवा शुरु गरेको यस कम्पनीले हाल देशभरिका ७४ जिल्लाहरुमा १०० वटाभन्दा बढी आउटलेट बाट सेवा प्रदान गर्दै आईरहेको छ । कम्पनीले ग्राहकहरुको सुविधाको लागि आफनै CDN सर्भर जडान गरिफेसबुक,युट्युब, नेटफ्लिक्स, गूगल, अकमाईजस्ता सामाजिक संजालहरु मार्फत गुणस्तरीय तथा भरपर्दोसेवा प्रदान गर्ने गरेकोछ । कम्पनीले विराटनगर र काठमाण्डौंमा Data backup center स्थापना गरेको छ । यसले छोटो अवधिमा अत्याधिक लोकप्रिय ईन्टरनेट सेवा प्रदान गर्न सफल भएको छ ।

त्यस्तै कम्पनीको सेवा विस्तारको माध्यम बाट दुर्गम ग्रामीण ईलाकामा पनि सुपथ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको व्यहोरा अवगत गराउन चाहन्छौं । यस प्रकारको सेवा प्रवाहबाट सेवाग्राहीहरुलाई आवश्यकिय ईन्टरनेट सेवा प्रदान गर्दै कम्पनीमा कार्यरत प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीको सिर्जना र राजस्व मार्फत देशको अर्थतन्त्रलाई टेवा पुर्याउन सहयोग गर्ने कम्पनीको दीर्घकालीन लक्ष्य रहेको छ ।

यस यात्रामा कम्पनीले समय समयमा अत्याधुनिक नवीन प्रविधीहरु भित्र्याउदै आईरहेको छ । डुअल ब्याण्ड राउटर र IPTV जस्ता प्रविधिको प्रयोगबाट सेवामा थप गुणस्तरीयता थपिएको छ । कम्पनीको १४ औं बार्षिकोत्सवको अवसरमा ५०, ७५, १००, २०० र ३०० Mbps ईन्टरनेट प्लानहरु अत्याधिक छुटमा वितरण गर्दै आईरहेको जानकारी समेत कम्पनीले गराएको छ ।

सेवा सम्बन्धि थप जानकारीको लागि ९८०१००४४७७ मा सम्पर्क गर्न कम्पनीले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal