आज :

प्रचण्ड सरकारको अर्को सफलताः राष्ट्रपतिद्वारा मिटरब्याज सम्बन्धी विधेयक प्रमाणीकरण

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

विधेयक संसदका दुबै सदनबाट पास भई प्रमाणीकरणका लागि शीतलनिवास पुगेको थियो । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिएको छ ।

राष्ट्रिय सभामा उत्पत्ति (५ असार २०८० मा दर्ता) भएको यो विधेयक १५ असार २०८० मा पारित भएर राष्ट्रिय सभामा गएको थियो । ३१ असार २०८० मा प्रतिनिधिसभाले संशोधन सहित पारित गरेको विधेयकलाई १० साउनमा राष्ट्रिय सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको थियो ।

वर्षाैदेखि मिटरब्याज पीडितले न्याय पाउने बाटो खुलेको छ । सामन्ती व्यवस्थाको अवशेषको रुपमा रहेको मिटरब्याजबाट लाखौं सर्वसाधारणले घरबारविहीन बनेका छन् ।

मिटरब्याज सम्बन्धी विधेयक फेल गराउन संसद अवरुद्धदेखि सडकमा नाराबाजी गरिएको थियो । प्रचण्ड नेतृत्वको सरकारको यो अर्को सफलता हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal