आज :

बंगलादेश नेपालमा उत्पादिन जलविद्युत खरिद गर्न इच्छुक छ – प्रधानमन्त्री प्रचण्ड

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले स्वदेश फिर्ता भएका छन् । इटाली भ्रमण सकेर शुक्रवार विहान स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले बंगलादेशकी प्रधानमन्त्रीसँगको भेटमा विद्युत खरिद गर्नेलगायतका विषयमा छलफल भएको जानकारी दिए ।

नेपालमा उत्पादित विजुली बंगलादेशदेश खरिद गर्न इच्छुक रहेको बताउँदै आर्थिक अन्तरनिर्भरताको लागि यो महत्त्वपूर्ण हुने प्रधानमन्त्रीले बताए ।

संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुने क्रममा प्रधानमन्त्री प्रचण्ड र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको थियो । भेटमा नेपाल र बांगलादेशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग, क्षेत्रीय सहयोग, अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपाल र बंगलादेशबीचको सहकार्य जस्ता विषयहरू छलफल भएको प्रधानमन्त्रीले बताए ।

संचारकर्मीको प्रश्नमा जवाफमा प्रधानमन्त्री प्रचण्डले राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्नु राम्रो नभएको र मन्त्रीहरूलाई स्पष्टीकरण राख्न दिनुपर्ने बताए । स्पष्टीकरणको मौका नदिईकन राजीनामा नदिए संसद चल्न दिन्नौँ भन्ने संस्कृति राम्रो नभएको बताए ।

“राजनीतिक उद्देश्यका निम्ति हत्तपत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने जो संस्कार बस्न खोजेको छ, त्यो राम्रो होइन, स्पष्टीकरण राम्रोसँग दिने मौका पनि नदिईकन राजीनामा दिने भए देऊ नत्र सदन चल्न दिँदैनौँ भनेर पहिल्यै घोषणा गर्ने कल्चरले हामीलाई राम्रो ठाउँतिर लैजाँदैन” प्रधानमन्त्रीले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal