आज :

अबको लडाइँ डाटा सुरक्षाः मन्त्री शर्मा

  • अनलाइन डबली

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अबको लडाइँ डाटा सुरक्षा भएको बताइएकी छन् । उनले साइबर सुरक्षा नीति मन्त्रिपरिषदमा पुगेको र छिट्टै जारी हुने समेत जानकारी दिइन् ।

विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै शर्माले भनिन्, ‘सरकारी सेवामा अबका युवाहरुलाई, अबका दक्ष म्यानपावरलाई आकर्षित गर्नुपर्छ । त्यसो भएर हामीले अहिले संघीय निजामती सेवा ऐनमा यो आईटी समूहलाई अलग समूह बनाएर अगाडि बढाउने कोसिस गर्दैछौं ।’
सरकारी सेवामा दक्ष म्यानपावरलाई आकर्षित गर्नुपर्ने बताएकी छन् । उनले सूचना प्रविधि (आईटी) समूहलाई संघीय निजामती सेवा ऐनमा समेट्ने कोसिस भइरहेको जानकारी समेत दिइन् ।

सूचना प्रविधि क्षेत्रका जनशक्तिलाई अहिलेको परम्परागत ढंगको निजामती सेवाभित्र बाँधेर राख्न नहुने भनेर हाइब्रिड मोडेलको वर्क आउट गरिरहेको जानकारी उनले दिइन् ।

परम्परागत ढंगको निजामती सेवा र त्यसभित्र आउने कर्मचारीको सेवा, सुविधा सर्तान आईटी क्षेत्रमा काम गर्नेहरुलाई बाँधिराख्न जरुरी नभएको समेत मन्त्री शर्माले बताइन् । उनले प्रविधिको क्षेत्रका निम्ति एउटा हाइब्रिड मोडेल, सरकारी सेवामा आउने तर सेवा सुविधामा अर्को फरक ढंगले सोच्ने भनेर आफूहरुले वर्कआउट गरिरहेको समेत बताइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal