आज :

कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको फैसला आज 

  • अनलाइन डबली

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको फैसला आज आउने भएको छ । मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन‍माथिको सुनुवाई हिजो सकिएको भएपनि समय अभावका कारण फैसला आउन सकेन ।

सभामुख बाबुराम गौतमले नेपाली काँग्रेस संसदीय दलको नेता उद्धव थापालाई नियुक्तीमा गरेको हस्ताक्षर गैरसंवैधानिक भएको बताउँदै नेकपा एमाले सर्वोच्च पुगेको थियो ।

एमाले नेता हिक्मत कार्कीले दायर गरेको रिटमाथि बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएको थियो ।

फैसला नहुँदासम्म निरन्तर सुनुवाइ गर्न सर्वोच्चकै आदेशका कारण आज फैसला आउनै पर्छ । कोशी प्रदेश सरकारको भविश्य सर्वोच्चको फैसलासँग जोडिएको छ ।

पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले असार २२ गते सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर गरेको भन्दै कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए ।

प्रदेशसभामा ९० सांसद छन् । सरकार गठनको लागि ४७ सांसद आवश्यक पर्छ तर गठबन्धन र एमाले नेतृत्वमा रहेका दलसँग ४६-४६ सांसद भएर बराबरीको अवस्था भएको थियो ।

बराबरी अवस्था सिर्जना भएपछि सभामुख गौतमले थापाको पक्षमा मतदान गरेका थिए । बराबरी हुँदा सभामुखले मतदान गर्न सक्ने विगतको नजिर छ ।

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal