आज :

काँग्रेस मधेस-पहाड र सबै जाति-धर्मको पार्टीः खतिवडा

  • अनलाइन डबली

सर्लाही । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले मधेस काँग्रेसको उर्भरा भूमी भएको बताएका छन् । मधेस, पहाड र सबै जाति र धर्मको प्रतिनिधित्व काँग्रेसले गरेको भन्दै खतिवडाले समावेशीतालाई काँग्रेसले पार्टीमा लागू गरेर स्थापित गरेको समेत दाबी गरे ।

नेपालको पहिलो राष्ट्रपति मधेसीको छोरो नै काँग्रेसले नै बनाएको भन्दै उनले राज्य र पार्टीका विभिन्न निकायमा समावेशी सिद्धान्त अनुसार प्रतिनिधित्व गराएको बताए ।

सर्लाही क्षेत्र-४ को क्षेत्रिय सम्मेलनमा बोल्दै खतिवडाले काँग्रेस राष्ट्रवादी शक्ति भएको समेत बताए । “काँग्रेस राष्ट्रवादी पार्टी हो, अरुले पार्टीले विदेशीमा फोटो राख्छन्, हामीले नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विपीको फोटोमा माल्यपर्ण गरौं । यसले पनि देखाउँछ राष्ट्रवादी र देशभक्ती हो भन्ने कुरा” खतिवडाले भने ।

मधेसी जनताले आफ्नो शक्ति को भन्ने कुरा पनि बुझ्न जरुरी भएको बताए । “मधेसी जनताले आफ्नो भविश्यको लागि लड्न पार्टी को भन्ने कुरा बुझ्नुपर्छ, पारी बसेर नेपालमै ढुंगा हान्नेहरु मधेसी जनताको हितमा काम गर्दैनन्” खतिवडाले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal