
काजीले
कमाराहरुलाई
फर्मेशनमा उभ्यायो र भन्यो–
एकीकृत क्रान्तिको सपना पूरा हुँदैछ
कमाराहरु पनि
कमान्डरले थामीदिएको बीउ समात्दै
काजीले भट्याएको वाली गाए र रमाए
भौतिकवादको रातो किताब
पिसाब खानामा मिल्काएर
क्रान्तिको अधुरो सपना
धान रोपेर पूरा गरे