आज :

युक्रेनबाट विदेशी लडाकुहरु धमाधम फिर्ता हुँदै, एक घण्टाको अन्तरमा पाँच युक्रेनी सेनाको मृत्यु

  • अनलाइन डबली

काठमाडौँ । रुसले युक्रेनमाथि गरेको सैन्य कारवाही निर्णय बन्दै गएको छ । अमेरिकासहित ३० देशहरु एकातिर र रुस अर्कोतिर भएर भइरहेको युक्रेन युद्ध पछिल्ला दिनमा झन् चर्र्किएको छ ।

युक्रेनले क्रिमिया र राजधानी मस्कोमा हमला गरेपछि रुसी सेनाले युद्धलाई तेज बनाएको छ । युक्रेनले पश्चिमा देशहरुसँग थप हतियार माग गरेको छ । अहिलेसम्म दिएका हतियार सकिँदै गएको भन्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप हतियार माग गरेका हुन् ।

बाखमुत कब्जा गरेर अगाडि बढेको रुसी सेनाले मोर्चाबन्दी लडाइँ अब राजधानी किभ केन्द्रीत गरेको बताइएको छ । भारतीय संचारमाध्यमका अनुसार रुसी सेनाले किभ कब्जाको योजना बनाइरहेको छ ।

युक्रेनमा युद्ध निर्णयक बन्दै गएपछि विदेशी लडाकुहरु धमाधम फिर्ता हुन थालेका छन् । अमेरिका, युरोपका विभिन्न देशहरुबाट लडाकुहरु युक्रेन पुगेर रुसविरुद्ध लडिरहेका छन् । भाडाको सिपाईको रुपमा रुसविरुद्ध लडिरहेका विदेशी लडाकहरु फिर्ता हुन थालेपछि युक्रेनी सेनामा संकट आउन सक्ने बताइएको छ ।

विदेशी लडाकु फिर्ता हुने र युद्धमा हरेक सय मिटरमा पाँच सैनिकको मृत्यु भइरहेको छ । त्यस्तै, हरेक एक घण्टामा १० सैनिकको मृत्यु भइरहेको छ । रिपोर्टअनुसार रुसी हरेक दिनमा ५० हतियार नष्ट भइरहेका छन् ।

रुसले पछिल्लो समय नयाँ ड्रोन हमला गरिरहेको छ । युक्रेनले क्रिमियामा हमला गरेपछि त्यसको बदलामा रुसी सेनाले नयाँ संस्करणको ड्रोन युक्रेन पठाएको छ । उक्त ड्रोनले ओडेसा शहरको तैनाथ युक्रेनी सेनाको अन्न गोदाम र हतियार भण्डारमा हमला गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको चेतावनीपछि पोल्याण्ड पछि हटेको छ । पोल्याण्डले बेलारुसको सीमा क्षेत्रमा सैन्य गतिविधि बढाएपछि पुटिनले सो चेतावनी दिएका हुन् । बेलारुसमा गरिने हमला रुसमाथि गरिएको मानिने र जवाफ दिने पुटिनले चेतावनी दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal